• काठमाडौ । असार २९ गते बाट रिलिज हुन लागेको चलचित्र‘बाबुकान्छा’ फिल्मको गीत सार्वजनिक गरिएको छ “मेरो पहिलो प्रेम ” बोलको उक्त गीतको भिडियोमा फिल्मकै कलाकारहरू सलोन बस्नेत, करिश्मा श्रेष्ठले अभिनय गरेका छन ।

    गीतमा कमल खत्री , सुधा रत्नको स्वर गीत तयार पारिएको छ । युवा पुस्तामा गीत निकै लोकप्रिय बन्ने कुरामा निमार्ण पक्षले अपेक्षा गरेको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै सलोन बस्नेतले ‘बाबुकान्छा’ माथि आफ्नो ठूलो आशा र भरोसा रहेको बताए ।गीतको भिडियोलाई कोरियोग्राफी रामजी लामिछानेले तयार पारेका हुन् । फिल्ममा सरोज खनाल, नीर शाह, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठलगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।
    निर्देशक बस्नेतकै लेखन तथा निर्माण रहेको फिल्ममा गौतमराज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन रहेको छ ।

    https://www.youtube.com/embed/187YcyeQaK0

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…