• भक्तपुर । अविरल वर्षापछि आएको बाढी र डुबानका कारण भक्तपुरका अधिकांश बस्ती प्रभावित भएका छन् । बुधबार रातिदेखि परेको मुसलधारे पानीका कारण भक्तपुर र मध्यपुरथिमि नगरपालिका क्षेत्रका विभिन्न भाग डुबानमा परेका हुन् ।

    सोहीक्रममा चाँगुनारायण नगरपालिका ४ खरीपाटीमा एक भत्कँदा ३ जनाको मृत्यु भएको छ । घर भत्कीएपछि उद्धारकर्ताले ३ जनाको शव फेला पारेको प्रह्ररी परिसर भक्तपुरले जनाएको छ ।

    हनुमन्ते खोलामा आएको बाढीसहित पानीको निकास नहुँदा अहिले मध्यपुर थिमिका कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट मोड, सिर्जननगर र सल्लाघारी, नयाँ ठिमी, नयाँबस्ती क्षेत्रका सयौँ घर डुबानमा परेको छ ।

    त्यसैगरी भक्तपुरका जगाते, हनुमानघाट, बाराही क्षेत्र आसपासका घर पनि डुबानमा परेका छन् । जस कारण मानिसको जनजीवन कष्टकर बनेको छ । साथै शिक्षण संस्था, व्यापार व्यवसाय पनि प्रभावित भएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…