• २८ असार २०७५

    भीमराज अधिकारी, पथरी


    नेपाल सरकारले अनुदान दिएर कृषकलाई सौलियतमा उपलब्ध गराँइएको खादमल डिएपीमा व्यापारीले ब्रमहलुट मचाइरहेका छन् । असारको समयमा जति भनेपनि हाल्नुपर्ने कृषकहरुको बाध्यताका रहेका बेला व्यापारी भने तोकिएको रकम भन्दा पनि प्रतिवोरा ५० रुपैया वढी लिएर बिक्रीबितरण गरेपछि किसान प्रत्यक्ष मारमा परेका पाइएको छ ।

    मोरङको कानेपोखरी गाउँपालिकामा रहेको तिम्सिना एग्रोभेटले यस्तो धन्दा चलाएको हो । मातृभूमि कृषि सहकारी संस्था लिमिटेडसंग विक्रि अनुमति लिएर आफ्नै एग्रोभेटमा तोकिएको मूल्य भन्दा वढी रकममा बिक्रि गरिएको पाइएको छ । एक जना किसानले असार २६ गते डिएपी खरिद गर्न जादाँ वढी मुल्य लिएपछि उनले हामीलाई जानकारी गराएका थिए ।

    सो विषयमा एग्रोभेटका संचालक रुद्र प्रसाद तिम्सिनालाई सोध्दा आफुले त्यसरी नबेचेको जिकिर गरेका थिए । हामीसंग त तपाइको बिल नै छ नि भन्दा आफु नभएको बेलामा छोराछोरीले कहिलेकाहीँ त्यसरी बेचे होला तर मलाई थाहा छैन भन्दै उनि पन्छिएका छन् । विलको ओसी पनि नराखेको र आफुलाई विलको ओसी पनि आवश्यक नपर्ने भन्दै उनले भने मल ल्याउदा कहीलेकाही थोरै परिमाणमा मात्र ल्याउनुपर्ने बाध्यता हुन्छ त्यस्तो बेलामा आफुलाई ढुवानीमा महँगो पर्ने भएकाले किसानलाई पनि बढी मुल्यमा बिक्री गरिन्छ ।

    यता मातृमूमी कृषि सहकारी संस्थाका अध्यक्ष नगेन्द्र कोइरालाले भने सहकारीले बिक्री गर्न अनुमति दिने तर कती मुल्यमा बिक्री गर्ने भनेर मुल्य निर्धारण गर्न नमिल्ने बताएका छन् । उनले भने हामीले अनुमति दिएका छौँ बिक्री पश्चात प्रतिबोरा २० रुपैयाका दरले संस्थालाई बुझउनुपर्ने सम्झौता भएको छ तर कतिमा बिक्री गर्ने भन्ने हामीले निर्धारण गर्न मिल्दैन । तिम्सिनाले यो पटक मात्रै नभएर पटक पटक यस्तो गल्ती गर्दै आएका थिए तर कृषकलाई मल पनि उपलब्ध गराउनुपर्ने र डिलरको अवहान गर्दा कोही पनि डिलर लिने नआएपछि पूनः तिम्सिना एग्रोभेटलाई नै दिनुपर्ने बाध्यता भएको अध्यक्ष कौरालाले बताएका छन् ।

    कृषि सामग्री लिमिटेड बिराटनगरका क्षेत्रिय प्रबन्धक गोविन्द प्रसाद पराजुलीले उक्त डिएपी मलको मुल्य २ हजार १ सय ५० मा बिक्री गर्ने मुल्य हो तर मोरङ जिल्लाको दुरीका आधारमा प्रतिबोरा अधिक्तम १ सय रुपैया ढुवानी तथा लोड अनलोडको भाडा जोड्न सकिने बताएका छन् । यसरी अधिक्तम १ सय रुपैया थपहुदाँ पनि २ हजार २ सय ५० रुपैया हुने तर त्यो भन्दा वढी मुल्यमा बिक्रि भएको पाइएमा कार्वाही गरिने पनि पराजुलीले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…