• काठमाडौं । रुसमा जारी फिफा विश्वकपमा क्रोएसियाले ऐतिहासिक जित हात पारेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा क्रोएसियाले इंग्ल्इाण्डलाई २–१को हराउँदै रसिया विश्वकपलाई हेतिहासिक बनाएको हो । उक्त जितसँगै क्रोएसिया पहिलोपल्ट विश्वकपको फाइनलमा पुगेको छ ।

    यही असार ३१ गते हुने फाइनलमा क्रोएसियाले फ्रान्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाविरुद्धको खेल सुरु भएको पाँचौ मिनेटमै गोल खाँदै पछि परेको क्रोएसियाले दोस्रो हाफमा बराबरी गोल गरेको थियो ।अतिरिक्त समयको दोस्रो हाफमा मारियो मान्जुकिजले क्रोएसियाका लागि निर्णायक गोल गरे, जुन गोलले उसलाई फाइनलको यात्रा सुनिश्चित गरेको हो ।

    खेल सुरु भएको पाँचाँै मिनेटमा केरियन ट्रिपरले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाएका थिए । एक गोलको अग्रता बनाएको इङल्याण्डले डिफेन्सिभ खेल्दा क्रोएसियालाई पहिलो हाफमा बराबरी गर्न असफल भएको थियो ।

    खेलको ६८ औं मिनेटमा इभान पेर्सीले उत्कृष्ट गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याएका भने १०९औं मिनेटमा मारियो मान्जुकिजले अर्काे गोल गरेर क्रोएसियालाई फाइनलमा फ्रान्ससँगको भिडन्तलाई पक्का गरे । आउँदो आइतबार फाइनल खेल हुनेछ भने तेस्रो स्थानका लागि शनिबार बेल्जियम र इङल्याण्ड भिड्नेछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…