• काठमाडौं, २८ असार । राज्यलाई ६५ अर्व लाभकर तिर्न अटेर गर्दै आएको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलाई भन्सार विभागले बेरुजु फछ्र्योटका लागि पत्र काटेको छ ।

    बेरुजु पाँच करोड भन्दा बढि पुग्दा समेत भुक्तानी नगरेपछि भन्सार विभागले सात दिने अल्टिमेटम दिएर एक महिना अघि एनसेललाई पत्र काटेको थियो ।

    तर, एनसेलले अझै पनि बेरुजु फछ्र्यौट गरेको छैन । भन्सार विभागले तत्काल बेरुजु फछ्र्यौट नगरे एनसेललाई सामान आयात निर्यात गर्न नदिने चेतावनी समेत दिएको विभाग स्रोत बताउँछ ।

    यो पाँच करोड एनसेलले भन्सार महसुल बापत नबुझाएको बेरुजु मात्र हो । तर, ६५ अर्व लाभकर तिर्न आनाकानी गरिरहेको कम्पनीले पाँच करोड तिर्ने त कुरै भएन ।

    नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सामान ल्याउँदा र पठाउँदा भन्सार महसुल नबुझाएका कारण एनसेलको आयात निर्यात नै केही समय अघि रोकिएको थियो ।

    तर, एनसेलका हर्ताकर्ता शतिशलाल आचार्यले अर्थ मन्त्रालयमार्फत भन्सार महानिर्देशक तोयम रायालाई दबाब दिन लगाई आयात निर्यातलाई सुचारु गराएका थिए ।

    भन्सार विभागले एनसेलले विदेशबाट खरिद गरेका आवश्यक प्रविधिजन्य सामानहरु नेपाल भित्र्याउँदा पुरानो बेरुजु नतिरेको भन्दै रोकेपछि एनसेल पुनः अर्को विवादमा मुछिएको हो ।

    यस अघि पनि भूकम्पको समयमा रेडक्रसको स्टिकर टाँसेर भन्सार छली गरेर एनसेलले सामान भित्र्याउँदा लामो समयसम्म उक्त सामानहरु बेवारिसे बनेका थिए ।

    यस अघि पनि तत्कालिन भन्सार प्रमुख शिशिर ढुंगानाले बेरुजु चुक्ता नहुन्जेल र लाभकर विवाद नटुंगिन्जेल आयात निर्यात रोक्न माथिबाट निर्देशन आएको बताएपछि अन्ततः एनसेलले केही मात्रामा बेरुजु रकम बुझई झण्डै डेढ अर्व बराबरको सामान छुटाएको थियो ।

    अर्कोतिर एनसेलले कार्यादेश बिना नै पर्यटक भीषामा कामदार भित्र्याएर राजश्व छलि गरेको छ । पूँजीगत लाभकर नतिरेको कम्पनीलाई व्यवसायिक योजनाका लागि कुनै पनि स्वीकृति दिन उपयुक्त नहुने प्रावधान छँदाछँदै उद्योग विभागले गैरकानुनी निर्णय गरेको थियो । यूनाइटेड पोष्ट साप्ताहिकबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…