• विराटनगर, २८ असार ।  सुनसरीको गढी गाउँपालिका–६ की चाँदनी मेहेता अघिल्लो हप्ता विराटनगरिस्थत नोबेल अस्पतालमा भर्ना भइन् । शनिवार बिहान सकुशल नानीलाई जन्म दिएकी मेहताले त्यही दिन दिउँसो ३ बजे अस्पतालमा अन्तिम श्वास फेरिन् ।

    उपचारमा गम्भीर त्रुटी गरेको भन्दै आफन्त आक्रोशित बने । उनीहरुको चित्त बुझाउन प्रशासनले ५ लाख क्षतीपूर्ति दिने सहमति त गर्यो तर, त्यही समहति अस्पतालले पालना गरे।

    उनको जस्तै घटना भयो धनकुुटा महालक्ष्मी–४ चानुवाकी निर्मला खड्काको । उनले पनि शुक्रवार छोरीलाई जन्म दिइन् । सामान्य अवस्थामा सुत्केरी भएकी खड्काको अकस्मात असामान्य अवस्था आयो भन्दै चिकित्सकले इमर्जेन्सी अप्रेशन गर्न सुुझाई अप्रेशन थिएटरमा छिराए । तर, निर्माला स्वस्थ भएर फर्किइनन, केबल निस्क्यो उनको श्वासविहीन शरीर मात्रै ।

    दुुई दिनको फरकमा नोबेल अस्पतालमा भएका यी प्रतिनिधि घटना मात्र हुन् । यसअघि पनि अस्पतालमा सुत्केरी गराउन आएका महिलाको अकालमा ज्यान गएको भन्दै पटक–पटक विवादमा आउने नोबेल अस्पतालले सामान्य राहत दिएर विवाद तत्कालका लागि साम्य बनाउने प्रयत्न गर्ने गरेको छ । तर, के कारणले विरामीको ज्यान गएको हो ? त्यसतर्फ उसले चासो दिएको छैन ।

    निर्मालाका श्रीमान् प्रेम खड्काले चिकित्सकले समयमा नै के भएको भन्ने जानकारी नदिँदा समस्या बढ्दै गएको र बिरामीको अवस्था सुधान हुनै नसक्ने अवस्थामा पुुगेको गुनासो गरे । ‘सामान्य अवस्थाको बिरामीले मृत्युवरण गर्नुुपर्ला भनेर हामीले सोचेकै थिएनौं’, उनले भने, ‘अस्पतालको हेलचेक्राइँले नै मेरी श्रीमतीको ज्यान गएको हो ।’

    नोबेलमा आमासुरक्षा कार्यक्रम बन्द

    सरकारको आमा सुरक्षासेवा सञ्चालन गर्ने कार्यक्रम प्राप्त गरेको नोबेल अस्पतालले त्यो सेवा आइतवार देखि पुर्णरुपमा बन्द भएको जानकारी दिएको छ । सुत्केरीको मृत्युु  भइरहँदा अस्पतालमा आन्दोलनको केन्द्र भएको भन्दै सञ्चालक सुनिल शर्माले आइवारदेखि गर्भवती महिलालाई भर्ना नलिने निर्णयमा पुगिसकेको बताए ।

    ‘यो साह्रै अपजसे काम रहेछ’, उनले भने ‘ अब अर्को निर्णय नगरुन्जेल यो सेवा बन्द गरेको छु ।’ शर्माले सरकारी कार्यक्रम घाटामै भए पनि चलाएको दाबी गर्दै  तर, सबैतिरबाट गुनासो आएकाले राम्रो गर्ने प्रयास गर्दा पनि अस्पतालमाथि आक्रमणको प्रयार जारी रहेको बताए ।

    ‘अस्पतालमा सुत्केरी नगराउँदा हामीलाई केही फरक पर्दैन, अरु नै सेवा सञ्चालन गरेर पनि अस्पताल चलाउन सक्छौं’, उनले भने । अस्पताल प्रशासनका अनुसार दैनिक औसतमा ५० जना महिला सुत्केरी गराउन अस्पताल आउने जानकारी दिएको छ ।

    गाइनो विभागका चिकित्सकको राजीनामा

    मातृशिशुु विभागमा कार्यरत चारजना चिकित्सकले मंगलवार प्राशासन समक्ष राजीनामा दिएका छन् । उनीहरुले सुत्केरी गराउन आएका महिलाको ज्यान गएको घटनाले आफूहरु असुरक्षित भएको भन्दै मंगलवारदेखि अस्पतालको सेवामा उपस्थित नहुने जानकारी दिएको प्रशासकीय अधिकृत दीपेश राईले बताए ।

    उनले चिकित्सकले दिएको राजिनामालाई गम्भिर रुपमा लिइएको भन्दै स्वीकृत नहुन्जेल चिकित्सको नाम प्रशासनले सार्वजनिक गर्न नमिल्ने जानकारी दिए । अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…