• काठमाडौँ, असार २८ । नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले सामाजिक सञ्जालमा पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइममा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

    संसदमा विशेष समयमा बोल्दै सांसद बस्नेतले भक्तपुरका जनताहरु दुःखमा रुमलिएका बेला सामाजिक सञ्जालमा बाढीको फोटो हालेर पानीजहाजको उछितो काडी मानवीय संवेदनामाथि खेलबाड गर्नेलाई सञ्चार मन्त्रालयले साइबर क्राइममा कारबाही गर्नुपर्ने माग राखेका हुन् ।

    उनले भक्तपुरमा सडकमा बाढी आएको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेल्ने काम भएको बताए ।

    ‘भक्तपुरका जनताहरु बाढीको पीडामा अलमलिरहनुभएको छ । कतिपय मान्छे सामाजिक सञ्जालमा फोटो खिचेर पानीजहाज आएछ भनेर उडाइरहेका छन्’ उनले भने ‘सक्नुहुन्छ भने बाढीपीडित भक्तपुर र देशभरिका जनतालाई सहयोग गर्नुस् सक्नुहुन्न भने यो संवेदनामा खेलेर पानीजहाजको कुरा नगर्नुस् यो वाहियात कुरा गर्नेलाई कारबाही गर्नुपर्छ । साइबर क्राइमलाई कडा ढंगले लागू गर्नैैपर्छ ।’

    यसवर्ष भक्तपुर निकै पीडामा रहेको उनले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…