• २८ असार २०७५
    भीमराज अधिकारी, पथरी

    मोरङ जिल्ला स्तरीय प्रथम पथरी शनिश्चरे तेक्वान्दो प्रतियोगिता पथरीमा हुने भएको छ । यही असार ३० गते नर्वदेश्वर शिवालय मन्दिर पथरीमा हुने तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक पथरी शनिश्चरे तेक्वान्दो डोजाङले जनाएको छ । आज पथरीको मनोहर पार्कमा पत्रकार सम्मेलन गर्दै सो कुरा बताइएको हो ।
    मोरङमा पनि राष्ट्रिय स्तरका खेलाडी रहेको चिनाउदै खेलाडी र तेक्वान्दो पहिचान पथरीमा पनि अब्बल दर्जामा रहेको जानकारी गराउन खेलको आयोजना गरिएको पथरी शनिश्चरे तेक्वान्दो डोजाङका अध्यक्ष मिलन राइले जानकारी दिएका छन् । खेलाडीको मनोवल उच्च बनाउदै उनिहरुको स्तर उन्नती गर्नका लागि पनि यो आयोजनाले सहयोग पु¥याउने मुख्य प्रशिक्षक बिनोद राइले जानकारी दिएका छन् ।
    जम्मा ७ वटा स्पर्दामा हुने खेलमा पुरुष तर्फ ४६, ४२, ३८ र ३३ केजी तौल समुह राखिएको छ भने महिला तर्फ ४६, ४२ र ३३ केजी तौल समुह राखिएको छ । खेलमा स्वर्ण, रजत र कास्य पदक राखिएको छ । उत्कृष्ट प्रथम र दोस्रो हुने टिमले पनि ट्रफी पाउने भएका छन् ।
    आयोजना सम्पन्न गर्नका लागि कुल १ लाख खर्च लाग्ने अनुमान गरिएको छ । यसका लागि आवश्यक रकम आयोजकले सबैले मिलेर आफैले जुटाएको बताएको छ । सरोकारवाल सम्बन्धित निकायले कसैले पनि आर्थिक सहयोग नगरेको अध्यक्ष राइले बताएका छन् । यसको प्राविधिक सहयोग भने जिल्ला तेक्वान्दो संघ मोरङले गरेको छ । २०७० सालमा स्थापना भएको पथरी शनिश्चरे तेक्वान्दो डोजाङले हाल २ स्थानहरु भूपुशैनिक आवासीय मावि र भागिरथ मावि शनिश्चरेमा प्रशिक्षण गरिरहेको छ । हाल ७० देखि ८० जना सम्म प्रशिक्षार्थीहरु रहेको सहायक प्रशिक्षक आकाश उप्रेतीले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…