• बिर्तामोड । रमपम झापा गोल्डकपको तेस्रो संस्करण सम्पन्न भएको ५ महिना बित्न लाग्दा समेत त्यसको आय व्यय सार्वजनिक भएको छैन । हिसाब सार्वजनिक नहुँदा अनियमितता भएको आशंका बढेको छ । गोल्डकप वाट ५० लाख रुपैंयाँ बचत गर्ने लक्ष लिएको आयोजकले हाल सम्म प्रतियोगिताबाट कति बचत भयो भन्ने सार्वजनिक गर्न सकेको छैन ।

    देशमै सबै भन्दा बढि दर्शक उपस्थित हुने रेकर्ड कायम गरेको झापा गोल्डकपको तेस्रो संस्करण फागुन १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । गोल्डकपको बिजेतालाई १२ लाख ५१ हजार रुपैंया, ट्रफी र मेडल दिइएको थियो ।

    जुन पुरस्कार रकम अघिल्ला बर्षको भन्दा ५ लाख ५१ हजार रुपैंयाले बढी हो । अघिल्लो बर्ष बिजेताले ७ लाख रुपैयाँ प्राप्त गरेको थियो । नक आउटका आधारमा खेलाइएको प्रतियोगिताको उपबिजेताले ६ लाख रुपैंयाँ पाएको थियो । प्रत्येक खेलको म्यान अफ द म्याचलाई २५ हजार रुपैंयाँ दिइएको थियो भने आयोजक झापा ११ का एकजना उत्कृष्ठ खेलाडीलाई मोटरसाइकल प्रदान गरिएको थियो ।

    प्रतियोगिता सम्पन्न गर्न ९७ लाख रुपैंया खर्च हुने अनुमान आयोजकको रहेको थियो । जसमा टीम ब्यवस्थापनका लागि ३२ लाख, रेफ्रीका लागि ४ लाख, मैदान ब्यवस्थापनका लागि १० लाख, २५ लाख अवार्ड र पुरस्कार वितरण, प्रकाशन/प्रशारणमा २ लाख लगायतका खर्च विबरण आयोजकले बनाएको थियो ।

     

    ७० लाख रुपैंयाँ बिभिन्न ब्यवसायिक तथा ब्यापारिक घरानाबाट, संस्थापक सदस्यताबाट ३० लाख, ४२ लाख रुपैंयाँ टिकटबाट संकलन गर्ने योजना अघि सारेको रमपम झापा गोल्डकपका संयोजक महेन्द्र गिरीको योजना थियो । उनले प्रतियोगिता सम्पन्न गरेपछि बचत भएको रकम झापा ११ क्लबको कोषमा जम्मा गर्ने बताएका थिए । तर, अहिले सम्म कति रकम आम्दानी र खर्च भयो भन्ने सार्वजनिक गरिएको छैन ।

    केही प्रायोजकले आश्वासन दिएको रकम उपलब्ध नगराएकाले हिसाव सार्वजनिक गर्न ढिलाइ भएको आयोजकको भनाई रहेको छ । आयोजक समितिका कोषाध्यक्ष केदार गिरीका अनुसार गोल्डकपमा स्पोन्सर गर्नेले समयमा रकम उपलब्ध नगराएकाले आय व्यय सार्वजनिक गर्न नसकिएको हो । उनले भने ‘हिसाब सार्वजनिक गरियो भने झन उनीहरुबाट रकम नआउने सम्भावना रहन्छ ।’ यस बिषयमा गोल्डकप आयोजक समितिको मिटिङ बसेर निर्णय गर्ने समेत उनले बताए ।

    त्यसै गरि आयोजक समितिका उपाध्यक्ष बलराम कार्कीले आयोजक समितिको बैठक बस्न नसकेका कारण हिसाब सार्वजनिक गर्न ढिलो भएको बताए । समितीका सबै सदस्य कुनै न कुनै व्यवसायमा रहेकाले सबैलाई जम्मा गर्न कठिन रहेको उनको भनाई छ ।

    तत्कालिन अवस्थामा सर्वा्धिक पुरस्कार राशीको अन्तर्रािष्ट्रय आमन्त्रण फूटबल प्रतियोगिता नाम दिइएको गोल्डकपमा एक भारतीय सहित १० टीमको सहभागिता रहेको थियो ।

    प्रतियोगिता हेर्नका लागि बाँसको अस्थायी प्याराफिट बनाइएको थियो । लगभग ८ हजार दर्शक अटाउन सक्ने प्याराफिटको निर्माण गरिएको र प्रत्येक खेलमा दर्शक भरिएका थिए । एक सय देखि तीन सय सम्मको टिकट लिएर खेल हेर्ने व्यवस्था मिलाइएको थियो । तर, कति रकम संकलन भयो भन्ने हालसम्म सर्वजनिक भएको छैन ।

    अहिले खेल समर्थक दर्शकहरुनै हिसाब सार्वजनिक किन भएन भन्ने प्रश्न गर्न थालेका छन् । बिगतका बर्षहरुमा जस्तो यो पटक पनि दर्शकले टिकट काटेर पनि खेल नहेरी फर्किनु पर्ने अवस्था आएको थियो ।

    गोल्डकपकै समयमा झापा ११ बाट फुटबल खेल्दै आएका दश खेलाडीलाई क्लबमा अनुबन्ध गर्ने आयोजकले सार्वजनिक गरेको थियो । जसबाट खेलाडी समेत उत्साहित बनेका थिए । तर कति जनालाई अनुबन्ध गरियो भन्ने बारे आयोजकले सार्वजनिक गरेको छैन । तर, झापा ११ का प्रशिक्षक प्रवेश कट्वालका अनुसार ८ जना खेलाडीलाई अनुबन्ध गरिएको छ । कट्वालले भने कम्तिमा १५ जना खेलाडी अनुबन्धन गरिए सोचे अनुरुप नतिजा आउँछ ।

    झापा गोल्डकप आयोजक समितिका संयोजक महेन्द्र गिरीले एकसाताभित्रमा गोल्डकपको हिसाब सार्वजनिक गर्ने बताए । ‘मेरै समयको कारणले ढिलो भएको हो, गिरीले भने–‘आगामी आइतबार समितिको बैठक बसेर सोमबार वा मंगलबार भित्रमा हिसाब सार्वजनिक हुन्छ ।’ उनले हिसाब सर्वजनिक गर्नका लागि सबै तयारी पुरा भइसकेको जानकारी दिए । ब्लाष्टखबर डटकममा समाचार छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…