• हरि कोइराला
    लेटाङ(मोरङ) २८ असार ।मोरङको लेटाङ नगरपालिका वडा नं. ७ का वडासदस्य आदिमान लिम्बू लठ्ठी कै सहारामा पुरै वडाभरि सामाजिक गतिविधि सञ्चालन गर्नुहुन्छ ।

    सोमबार लेटाङ बजारमा भएको नगरसभामा भाग लिन उहाँ लठ्ठी टेकेरै सभा हल सम्म पुग्नुभयो ।पोलियो रोगले देब्रे खुट्टा सुकेपछि उहाँ ८ वर्षको उमेर देखि अपाङ्गता जीवन ब्यथित गरिरहनु भएको छ । गाडी चलेको बेला उहाँ गाडी मै ओहोर –दोहोर गर्नुहुन्छ । तर वर्खामास गाडी चल्दैन । उहाँले भन्नुभयो – गाडी नचलेपछि ६ घण्टा लगाएर लठ्ठीकै सहारामा आएँ ।लेटाङ नगरपालिका आउँन ६ घण्टा मात्र लाग्छ । वडाको पूर्वी गाउँबाट पश्चिमको अर्को गाउँ पुग्न ९ घण्टा लाग्छ । ठाउँ –ठाउँमा सडक बिग्रिएकोले अहिले यातायात ठप्प छ । साविकको वारङ्गी गाविस जिल्ला कै सबैभन्दा दुर्गम गाविस मानिथ्यो । राज्य पुर्नँसंरचनाका क्रममा पुरै गाविस लेटाङ नगरपालिकाको ७ नं. वडा भयो । उसै त दुर्गम गाविस । अझ पुरै गाविसलाई वडा बनाएपछि वारङ्गीका जनप्रतिनिधिहरूको दिन चर्या मुगु वा हुम्लाका गाउँको भन्दा कम पीडादायी छैन । हात पाउ चल्नेहरू सजिलै ओहोर दोहोर गर्छनर तर आदिमान जस्ता अपाङ्गता भएका जनप्रतिनिधिलाई वडाबासीको काम गर्न निक्कै चुनौति छ । उहाँले भन्नुभयो –वडाबासीले मत दिएर जिताएपछि काम गर्नै प¥यो । सातामा दुई तीन पटक नगरपालिका झर्ने काम पर्छ । सामाजिक सुरक्षा भत्ता बैंक मार्फत दिन्छ । हिजो गाविस पुग्दा भत्ता पाइन्थ्यो । अहिले लेटाङ बजारमा रहेका बैंकबाट लिनुपर्छ ।उहाँले लेटाङ बजारमा खेलेका बैंकको अपनत्व ग्रहण गर्नु परेकोमा दुख ब्यक्त गर्नुभयो । नाम ,भूगोलले लेटाङका बासिन्दा भयौं तर हाम्रो नियति र दैनिकी बदलिएको छैन । उहाँ भन्नुहुन्छ– सबै वडाबासी नगरपालिकाको काममा जानकार छैनन । त्यसैले सहयोगका लागि पनि नगरपालिका झर्नुपर्छ । हिउँदमा समस्या छैन् , तर वर्खा लागेपछि पहाडी बाटो लौरोको सहारामा आउन –जान कठिन छ ।
    सडक त ढिलो चाँडो बन्ला । तर आफ्नै नगरपालिकाको कार्यालय अपाङ्गता मैत्री नभएको उहाँको गुनासो छ । लौरो टेकर सास्ती खेप्दै कार्यालय पुग्यो , कहिले मेयर भेटिनु हुन्न कहिले प्रशासकीय अधिकृत । लिम्बूले ह्विल चेयरमा आउने अपाङ्गता भएकाहरू झनै समस्या रहेको सुनाउनु भयो ।
    मोरङ जिल्ला भन्ने बितिकै औषत नेपालीले समथर भूभागको कल्पना गर्छन् ।तर, मोरङको झण्डै एक चौथाई भूभाग महाभारत श्रृङ्खला र चुरे क्षेत्रमा पर्छ भन्ने थोरैलाई मात्र थाहा छ । जिल्लाका साविक वारङ्गी,सिंहदेवी,रमितेखोला गाविसमा अझै विद्युत पुगेको छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…