गजल
नसोच्नु अभ्यास हुँदैछ शहर बगाउने
यो तयारी हो पानी जहाज चलाउने
लागेकाछन् नेताहरु समृद्धिको पछि
हाम्रै पालामा नआए कस्कोमा आउने?
दुई चार सयजना हामी डुबेर मर्नैपर्छ
नत्र यी भोका माछा कसरी अघाउने?
कहाँ पाइन्छ होला किन्न त्यो पाचक?
गणतन्त्रले आज आफ्नो लाज पचाउने
नभएको कहाँ हो र सरकार यो देशमा