• गायिका योजना पुरी पछिल्लो पुस्ताकी चर्चित गायिका हुन् । उनका गीत संगीतहरु एक पछि अर्काे गर्दै चर्चाको शिखरमा छन् ।

    ‘घर होइन मन’, ‘मनै त हो मायालु’, ‘स्वर्ग जस्तो’, ‘हितैको डालीगं’सँग लगायतका गीतमा स्वर दिइसकेकी गायिका पुरी पछिल्लो समय आफ्ना गीतमा अभिनय समेत गर्न थालेकी छिन् । यसका साथैं उनी सञ्चार क्षेत्रमा पनि आवद्ध छिन् । उनले रातोकलम डटकम अनलाईनसँग आफ्नो पहिलो कुराहरु यसरी प्रस्तुत गरेकी छिन् ।

    गीत रेकडिङः दमकमा भएको थियो २०६३ सालमा म हल्का नर्भस थिए तर सबै मनपराउनु भएको थियो मेरो आवाजलाइ ।

    विदेशमा कार्यक्रमःहङकङमा  भएको थियो मैले एमसी र सिङगिङ दुबै गरेकोले सबै दर्शक खुसी हुनुहुन्थ्यो ।

    कमाईःउर्लाबारीमा मेला लाग्थ्यो त्यो बेला पहिलो पटक २००० पाएको थिए ।

    चलचित्रःचलचित्रका गितहरु गाएकी छु कति फिल्म रिलीज भएनन् एउटा चाँही अल्लारे जोवानको गित गाए राम्रो पनि भयो ।



    चर्चित गीतःमनै त हो मायालु

    धेरै खर्चःपहिलो एल्बम निकाल्दा म सगँ भएका सबै गहना बेचे त्यो नै हो ।

    विदेश यात्राःहङकङ

    अवार्डः दर्शकको मायानै अर्वाडको रुपमा लिएकी छु ।

    हवाईजहाज यात्राःबिराटनगरवाट काठमाडौ ।

    प्रेमपत्रःमैले चाँही लेखीन मनपरे पनि ,अरुको चाहि स्कुलमै आउथ्यो प्रेमपत्र ।

    डेटिङःखास डेटीङको अर्थ बल्ल बुझदैछु डेट जाउ भनेर चाही कोहीसगँ गको छैन् तर यसै भेटम भनेर चाहि भेट्या छु ।

    चुम्बनःसेकरेट पिलिज



    विछोडःएक मित्र थिए बिदेश गए म असाध्यै रोएकी थिए तर कता छन् अहिले सम्म थाहा छैन कहिले भेट भएन् ।

    मोबाईलःमोटोरोला एल ८१० बाबाले ल्यादिनु भएको थियो ।

    डान्सःआफ्नै गितमा मोडलको रुपमा नाचेकी छु ।

    गीत रेकर्ड गर्दाको अनुभव:दमकमा सबैले आवाज सुनेर तारिफ गर्नु भएको थियोे । बेलुकी रेकड भएको थियो गर्मीको समय गाह्रो त भएको थियो नै ।

    दुर्घटनाःभाइसगँ बाइक सिक्दा लडेकी थिए अहिले सम्म स्कुटर बाइक चलाउन डर लाग्छ ।

    घाटाःपहिलो एल्बम आफ्ना् गहना बेचेर गरेकी थिए अहिले सम्म किन्न सेकेकी छैन् ।

    बदमासीः  सानोमा धैरै गरियो कहिले घरबाट जम्प गर्ने कहिले अरुसगँ झगडा गर्ने ।

    सजायँःमेरो सानोमा खुटा भाचिएको थियो ।

     

    दुखीः केहि समय अघि पोर्चुगलमा भाइले अप्रेसन भएको फोटो पठायो उडेर जाम या के गरु कसो गरु भयो निदाउन असाध्यौ गा्रहो भयो ।

    खुसीःअहिले सम्म धेरै जना आमा बा हरुले मेरो छोरी पनि तिमी जस्तै भए अनि तपाइ जस्तै बनाउन चाहान्छौ भनेर नाम सम्म योजना राखीदिनु भएको छ केही समय अघि मात्र ।

    प्रस्तुतिःतेजन खड्का

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…