• काठमाडौँ, असार २९ गते । नेपाली भाषा र साहित्यका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आज प्रभातफेरीसहित उहाँको शालिकमा माल्यार्पण गरिएको छ । भानु प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरीमा नगरपरिक्रममासहित रानीपोखरीस्थित भानु माध्यमिक विद्यालयमा पुगी भानुभक्तको शालिकमा नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले माल्यार्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

    प्रभातफेरी कमलादीस्थित प्रज्ञा–प्रतिष्ठान पुगी श्रद्धाञ्जलि सभामा परिणत भएको थियो । भानुजयन्तीका अवसरमा आजै मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आज त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलन आयोजना हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय नाचघरमा उद्घाटन गर्ने सम्मिलनमा हिमवत्खण्ड क्षेत्रमा पर्ने दर्जनभन्दा बढी मुलुकका साहित्यकारको सहभागिता रहनेछ ।

    विसं १८७१ असार २९ मा तनहुँको चुँदीमा जन्मनुभएका भानुभक्तले वाल्मीकि रामायणलाई नेपालमा अनुवाद गर्नुभएको थियो । उहाँका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ आदि कृति लोकप्रिय छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…