• उर्लाबारी । भदौं अन्तिम तिर हुन गईरहेको उर्लाबारी उद्योग वाणिज्य संघको चुनाबमा महासचिव पदका लागि मोरङ उर्लाबारी—९ दुर्गापुरीका युवा व्यवसायी हेमराज गुरुङले उम्मेदवारी दिने हुनुभएको छ । आम व्यापारीहरुको हकहितका लागि काम गर्न आफुले उम्मेदवारी दिन लागेको गुरुङले बताउनुभयो । गुरुङ यसअघि वाणिज्य संघको सदस्य भईसक्नुभएको छ ।
    व्यापार व्यवसायसँगै समाजसेवामा पनि क्रियाशिल हेमराज उज्यालो राजघाटको अध्यक्ष पनि हुनुहुन्छ । उहाँकै नेतृत्वमा झण्डैं ३ बर्षअघि दुर्गापुरी बजारमा सडक बत्ति जडान भएको थियो । अहिले पनि सो बत्तिको कारण दुर्गापुरी बजार झलमल्ल छ । लोडसेडिङको समयमा पनि इन्भर्टरबाट बत्ति बल्ने व्यवस्था मिलाइएको छ । दुर्गापुरीमा तमु सुनचाँदी पसल सन्चालन गर्दै आउनुभएका हेमराजले स्थानीय स्तरमा हुने सामाजिक गतिविधीमा महत्वपूर्ण योगदान पुर्याउदै आउनुभएको छ । दुख विराम र विभिन्न समस्यामा परेकाहरुको सहयोगमा उहाँ अगुवाई मात्र गर्नुहुन्न,आफु पनि आर्थिक सहयोग गर्नुहुन्छ ।
    व्यापारीहरुलाई सवल र सक्षम बनाउन कर तथा लेखा तालिमको व्यवस्था गर्ने, घरधनि र व्यापारीबीच घरबहाल कर र घर भाडाका विषयमा समन्वय गरी आवश्यक नीति निर्माण गर्नेको उहाँको चुनावी एजेण्डा छन् । प्रतिष्ठाको लागि भन्दा पनि व्यापारीहरुको पिर मर्कामा साथ दिन आफ्नो उम्मेदवारी रहने र जितेको खण्डमा उर्लाबारी वाशीको मन जित्ने कामहरु गरेर देखाउने उहाँ बताउनुहुन्छ । हेमराज समाजिक काममा क्रियाशिल संस्था न्यानो अभियानका सल्लाहकार पनि हुनुहुन्छ ।



     

     

    चुनाब जित्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा हेमराज भन्नहुन्छ ? आफु आफ्नो चाँहाना मात्र नभएर आम व्यापारी साथीभाईको साथ सहयोग र हौषलाले उम्मेदवारी दिन लागेको छु, मेरो कामको मुल्याङ्कन गर्दै व्यापारीसाँथीभाईले जिताउनु हुन्छ भन्नेमा ढुक्क छु ।
    यस्ता छन् हेमराजको चुनावी एजेण्डा

    उर्लाबारी क्षेत्रलाई पूर्णरुपमा बन्द निषेधित क्षेत्र घोषण गरिने छ ।
    –यस क्षेत्रका युबा,महिला, दलित, अपाङ्गता भएका स्वरोजगार गर्न ईच्छुकहरूलाई उद्यमशील तालीमको ब्यवस्था गरिने छ ।
    –उद्योग ब्यापारी माथि हुने चन्दा आतंक बन्द गरिने छ ।
    – सुरक्षा ब्यबस्थापन चुस्त दुरुस्त पारी रातको १० बजे सम्म ब्यापार गर्ने बाताबरण सृजना गर्नेछु ।
    –घरधनी र भाडावालामा हुने घरबहाल कर सम्बन्धी समस्यालाई हल गर्नेछु ।
    –संघले सामाजिक दायित्व अन्तरगत उर्लाबारी शहरलाई ग्रिनसिटि बनाउन पहल गर्नेछु ।
    –संघले हरेक बर्ष आफ्नो स्थापना दिवसलाई महोत्सवका रुपमा मनाउने ब्यावस्था मिलाउने छु ।
    –सामुहिक लगानीमा उद्योग स्थापना गर्न लगानी मैत्री वातावरण तयार गर्नेछु ।

    –ब्यापारीहरुको विवरण सफ्टेवयर सिस्टमबाट राख्ने व्यवस्था मिलाउछु ।

    –उर्लाबारीमा बिभिन्न फनपार्कहरु निर्माण गरेर पर्यटकिय क्षेत्र बनाउन क्रियाशिल रहनेछु ।
    –संघले सबै स्तरका उद्योगी , ब्यापारी , खुद्रा ब्यापारी र ब्यबसायीहरुको संरक्षण , प्रबद्र्धन गर्ने वातावरण तयार गर्नेछु । सामाजिक काममा क्रियाशील हामी जस्ता युवाहरू नेतृत्व गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

    कतिपय प्रतिवद्धता नारामै सिमित भएका छन । जसलाई म पुरा गर्नेछु ।


    हेमराज भन्नुहुन्छ, आम ब्यापारी, उद्योगीले काम गर्न सक्ने सक्षम ,समय दिन सक्ने नेतृत्व खोजेका छन् । सुरक्षाको भरोसा खोजेका छन् । त्यो म पुरा गर्न सक्छु भन्ने आँट छ । चोकमा गफ गरेर विकास हुन्न । आर्थिक समृद्धिका लागि सिर्जनशील काम गर्नुपर्छ ।
    उखुको रस पेल्ने पनि ब्यापारी हो । तरकारी, फलफुल बेच्ने पनि ब्यापारी हो । जुत्तामा पोलिस लगाउने पनि ब्यापारी हो । सबै खालको ब्यापार गर्ने ब्यापारी र उद्योगीलाई एउटै छातामा ल्याउन नै मैले उम्मेद्वारी दिएको हुँ,हेमराजले भन्नुभयो । हामी कहाँ ठूला र साना ब्यापारी बीच ठूलो खाडल छ , त्यो खाडल पुर्ने उहाँको प्रतिवद्धता छ । जात, वर्ग, लिङ्ग र धर्मका आधारमा ब्यापारीलाई खण्डित गर्नु भएन । चोकमा बसेर पानीपुरी चटपटे बेच्ने ब्यापारी पनि उद्योग वाणिज्य संघमा आवद्ध हुनेछन् । तर समय लाग्न सक्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…