• जुम्ला, ३० असार  ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले आफ्नो स्वास्थ्य जाँच गराउन अस्वीकार गरेका छन् ।

    औपचारिक वार्ताका लागि पहल गरेको तीन दिन बित्दा पनि सरकारले चासो नदेखाएकोमा उनी आक्रोशित छन् ।

    केसीले शुक्रबार उपचारमा संलग्न चिकित्सकलाई आफ्नो स्वास्थ्य जाँच नगर्न आग्रह गरे ।

    ‘सरकारले मलाई मरे मरोस् भन्ने चाहन्छ भने आजदेखि कुनै स्वास्थ्य परीक्षण र उपचार गराउँदिनँ,’ उनले भने, ‘तीन करोड नेपालीको हितका लागि मर्नुपरे पनि तयार छु ।’

    सरकारले काठमाडौं आएपछि मात्रै वार्ता हुन्छ भन्नु झुक्याउने चाल मात्र भएको केसीको भनाइ छ ।

    स्वास्थ्य झन् गम्भीर

    उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसी अर्धचेत अवस्थामा पुगेका छन् । बिहीबार रातिदेखि स्वास्थ्य स्थिति थप जटिल बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

    ‘शरीरमा अक्सिजन साथै ग्लुकोजको मात्रा एकदमै न्यून छ,’ उनले भने, ‘मस्तिष्कमा रक्तसञ्चार निकै कम छ ।’ डा. केसी बेला–बेलामा अर्धचेत अवस्थामा पुग्ने गरेको उनले बताए ।

    केसी बिहीबार राति दुईपटक अर्धचेत अवस्थामा पुगेको अस्पतालले जनाएको छ । कान्तिपुर दैनिकबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…