• विराटनगर – कलेज पढदै गरेको छोराले अस्वाभाविक गतिविधि गर्न थाले पनि यहाँका एक दम्पतीले सुरुमा उति वास्ता गरेनन् । तर अनेक थरी र अनौठो माग गर्ने, झर्कने र कहिलेकाहीँ अन्तै बस्न थालेपछि भने उनीहरू झस्किए ।

    सोधखोज गरे । साथीकहाँ बसेको थिएँ भनेपछि अलि ढुक्क त भए । तर छोरो बिग्रन लागेको शंका लागेपछि निगरानी भने गर्न थाले । कलेजमा पनि अनुपस्थित हुने गरेको थाहा पाएपछि भने उनीहरू चकित भए । कारण पत्ता लगाए– लागूऔषधको दुव्र्यसन र गलत संगतले छोरोले बाटो बिराउँदै रहेछ । साथीहरूको लहैलहैमा उसले लागूऔषध सेवन गर्न थालेको निकै भइसकेको रहेछ ।

    कति सम्झाइबुझाइ गर्दा पनि पार नलागेपछि जानकारको सल्लाहमा उनीहरूले छोरालाई सुधार केन्द्र राख्ने निधो गरेका छन् । ‘कसैगरी सही बाटामा ल्याउन सकिएन,’ ती दम्पतीले भने, ‘झन् बिग्रनुभन्दा सुधार केन्द्रमा राख्ने भएका छौं ।’

    यो एउटा उदाहरण मात्रै हो । यस्ता कैयौं दम्पती छन् जसले आफ्ना सन्तानबाट वाक्क भएर सुधार केन्द्रमा राखिदिएका छन् । कतिपयले त सुधार्नै नसकेर वास्ता गर्न छाडेको उदाहरण पनि प्रहरीकहाँ प्रशस्तै छन् । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

    सीमावर्ती भारतीय बजारबाट लागूऔषध ल्याएर बेच्ने, सेवन गर्ने अनि साथीभाइलाई पनि यसमा बानी लगाइदिने प्रवृत्ति विराटनगरमा मात्र होइन, पूर्वका मुख्य सहर र गाउँ बस्तीमा पनि फैलिएको छ । भारतीय बजारमा जाने, सेवन गर्ने अनि ल्याएर बिक्री गर्ने क्रम दिनहुँ बढिरहेको छ ।

    इलाका प्रहरी कार्यालय रानीका निरीक्षक सन्तोष निरौला टिकुलिया बस्ती पुगेर सेवन गर्ने र बोकेर आउने युवायुवती दिनहुँ पक्राउ पर्ने गरेको बताउँछन् । ‘पक्राउ नपरेको दिनै हुँदैन,’ उनले भने, ‘कहिलेकाहीँ पक्राउ परेकालाई राख्ने ठाउँ नै हुँदैन ।’ प्रहरीले दैनिक सरदर ५ युवालाई पक्राउ गर्ने गरेको छ । जोगबनी नाका प्रदेश १ को लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ झैं भएको उनको बुझाइ छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…