• जारी विश्वकपमा बेल्जियम र इंग्ल्याण्ड दोस्रो पटक आमने सामने हुन लागेका छन् । विश्वकप अन्तर्गत शनिबार सेन्ट पिटर्सबर्गको क्रिस्तोभस्की स्टेडियममा तेस्रो स्थानका लागि हुने खेलमा यी दुवै स्वर्णिम युगका टोलीहरु एक आपसमा भिड्दै छन् । उक्त खेल इंग्ल्याण्डका लागि बेल्जियमसँग पछिल्लो खेलमा भोगेको पराजयको बदला लिने अवसर समेत हो । यसअघि जारी विश्वकप अन्तर्गत समूह जी मा परेका यी दुवै टोलीले सेमीफाइनलसम्म यात्रा गर्न सफल भएको थियो । त्यसक्रममा क्वाटरफाइनलसम्म अपराजित बनेको बेल्जियमलाई फ्रान्सले सेमिफाइनलमा १–० ले पराजित गरेको थियो । उक्त हारसँगै ३२ वर्षपछि फेरी एकपटक बेल्जियमको विश्वकप यात्रा सेमिफाइनलमा टुंगिएको थियो ।

    उक्त नतीजाले बेल्जियमलाई विश्वकप उपाधि यात्रामा धक्का मात्र होईन, पछिल्ला २४ म्याचमा अपराजित बेल्जियमलाई फ्रान्सले पहिलो पटक हारको स्वाद समेत चखाउ सफल भयो । बेल्जियमले सन् २०१६ को अगस्तदेखि खेलेको कुनै पनि म्याचमा हार बेहोरेको थिएन । अर्कोतिर इंग्ल्याण्ड पनि सेमीफाइनलसम्म पुग्ने क्रममा उत्कृष्ट लयमा देखिएको थियो । समूह जी को उपबिजेताको हैसियतले नकआउट चरण पुगेका इंग्ल्याण्डले संघर्षपूर्ण खेलमा कोलम्बियालाई पाखा लगाएका थिए । त्यसपछि क्वाटरफाईनलमा स्वीडेनको चुनौतीलाई २–० ले सहजै पन्छाएको इग्ल्यान्डले सेमिफाइनलमा क्रोएसियासँग भेट पक्का गरेका थिए । जहाँ खेलको पाँचौ मिनेटमै फ्रिकिकमार्फत गोल गरेर इंगल्यान्डले सनसनी खेल पस्केका थिए । एक प्रकारले पहिलो हाफसम्म त इग्ल्यान्डले एकतर्फी रुपमा क्रोएसियालाई दवाबमा राख्दै गोलका लागि केही डरलाग्दा आक्रमणको आइरोसमेत लगाएका थिए । उक्त क्रममा जारी विश्वकपका हिट स्ट्राइकर ह्यारी केनले एकपछि अर्को गोलका अवसरलाई खेर फालेका थिए ।जसका कारण पहिलो हाफसम्म १–० को नै अग्रतामा चित्त बुझाउन बाध्य इग्ल्यान्ड दोस्रो हाफमा क्रोएसिया सिकार बन्यो । दोस्रो हाफको सुरुदेखि नै क्रोएसियाले चुस्त प्रदर्शन गर्दै इग्ल्यान्डको डिफेन्स र गोलरक्षकलाई हम्मे हम्मे पारेका थिए । अन्ततः गोलका लागि कडा मेहनतमा लागेका क्रोएसियाले निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटभित्र दुई गोल गरेपछि इंग्ल्यान्डको केहि लागेन र सेमीफाइनलबाटै उपाधि यात्रालाई टुङ्ग्याउनु प¥यो ।

    यो सँगै सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनल पुग्ने इग्ल्यान्डको सपना पनि तुहिएको हो । उक्त हारपछि मिडियाको ब्यापक आलोचना खेपेका इंग्लिश टिमले निराश र हतास बनेका आफ्ना समर्थकलाई सान्त्वना दिनका लागि भएपनि बेल्जियमविरुद्ध हुने तेस्रो स्थानको खेलमा जित खोज्नेछ ।तर यसअघि दुवै टिमका लागि महत्वपूर्ण नबनेको समूह चरणको अन्तिम खेलमा बेल्जियमले इंग्ल्याण्डलाई १–० ले माथ ख्वाएको थियो । तर उक्त खेलमा भने इंग्लिश टोलीको नियमित ११ सदस्यमा ब्यापक हेरफेर गरिएको थियो । उक्त म्याचलाई विश्लेषण गर्ने हो भने शारारिक क्षमतामा बेल्जियम हावी देखिएको थियो । त्यसैले तेस्रो स्थानको लागि हुने खेलमा बेल्जियमका अग्ला खेलाडीहरुले इंग्ल्याण्डविरुद्धको खेलमा आफ्नो उंचाईको फाइदा उठाउन सक्नेछ ।दुइटा पहेँलो कार्डका कारण फ्रान्सविरुद्धको सेमीफाइनल गुमाएका बेल्जियमका थोमस मेउनियर भने इंग्ल्याण्डविरुद्धको खेलमा देखिने सम्भावना छ । यदि सुरुवाती ११ मा उनको उपस्थिति भएमा बेल्जियम टोलीले पुनः आफ्नो अनुकूल ३–४–३ को रणनीति अपनाउने सम्भावना छ । मेउनियरको उपस्थितिले मोस्सा डेम्बेले पुनः बेन्चमा आराम गर्नेछ । यस्तै फिटनेसका कारण दुरुस्त हुन संघर्षरत भिन्सेन्ट कोम्पानी पनि बेन्चमै बस्ने सम्भावना छ ।यता सेमीफाइनलमा क्रोएसियाविरुद्ध फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेका किइरान ट्रिप्पिएर भने बेल्जियमविरुद्ध देखिने छैन । समाचारपत्रमा खबर छ ।

    खासै महत्वपूर्ण खेल नभएकोले ट्रिप्पिएरलाई सो खेलमा विश्राम दिनसक्ने प्रबल सम्भावना रहेको इंग्लिश प्रशिक्षक गेरेथ साउथले बताएका थिए । उनको स्थानमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले खेल्ने सम्भावना रहेको छ । यसअघिका म्याचहरुमा स्थापन्न खेलाडी बनेर मैदान प्रवेश गर्ने एरिक डायर, रुबेन लोफ्टस, फाबियन डेल्फ, ड्यानी रोज र माकर््स रास्फोर्डले भने इंग्ल्यान्डको सुरुवाती ११ मा स्थान पाउन सक्नेछ । स्ट्राइकरद्वय ह्यारी केन र माकर््स रास्फोर्ड तथा डिफेन्डर ह्यारी मागुइरेबाट बढी आशा गरिएको इंग्लिश टिम ३–१–४–२ को रणनितिमा उत्रने सम्भावना छ । यदि इंग्लिश टोलीले ३–४–३ को रणनीतिमा पोख्त बेल्जियमविरुद्ध ३–१–४–२ रणनीति अपनाएमा ह्यारी केन र माकर््स रास्फोर्डको आक्रमणलाई मिडफील्डरहरु ट्रेन्ट एकेजेन्डर अर्नोल्ड, फाबियन डेल्फ, रुबेन लोफ्टस र ड्यानी रोजले साथ दिनेछ । जसलाई नियन्त्रणमा राख्न बेल्जियमका डिफेन्डरहरु जान भार्तोन्घेन, टोबी एल्डरवेईरल्ड र थोमस भर्मालिनले ठूलो कसरत गर्नु पर्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…