• ३० असार २०७५
    भीमराज अधिकारी, पथरी

    मोरङको उर्लाबारी २ निवासी युवा समाजसेवी तथा सामाजिक व्याक्तित्व अर्जुन बास्तोलाले आफ्नो २९ औँ जन्मोत्सव उर्लाबारीमा रहेको नमूना बालगृहमा मनाएका छन् । युवा जागरण नेपालका अध्यक्ष तथा फरेन विराटनगरमा कार्यक्रम सुपरभाइजरका रुपमा कार्यरत बास्तोला बालबालिकाको क्षेत्रमा बाल अधिकार तथा बाल हितमा काम गर्ने गरेका छन् ।
    असार २९ गते आफ्नो जन्मोतसवको अवसर पारेर नमूना बालगृहमा बर्थडे केक लिएर पुगेका बास्तोलाले नयाँ पिढीलाई सामाजिक काम गर्न सिकाउने उद्देश्यले यसो गरेको बताए । उनले भने “म पहिले देखि नै बालबालिकासंग काम गरेको मान्छे मलाई सधै सानासाना भाइबहिनीहरुसंग रमाउन मन लाग्छ र अर्को कुरा जन्मदिन मनाउदा तडभडक गरेर अनावश्यक कुराहरु छाडेर यस्तै सामाजिक कामहरु गर्ने, जन्मदिनमा रुख रोप्ने गरियो भने बरु राम्रो हुन्छ त्यसैले राम्रो संकार आउने पिढीलाई दिने बिचारले पनि मैले जन्मदिन यहाँ मनाएको हो” । जन्मदिनको अवसर पारेर बास्तोलाले बालगृहको अक्षय कोषको आजिवन सदस्यता लिएका छन् । उनले पहिलो वर्ष भएकाले २ हजार ५ सयको सदस्यता लिएको र आगामी वर्ष त्यो रकममा थप गर्दै जाने बास्तोलाले बताएका छन् ।
    नमूना बालगृहमा अहिले धरैले यसरी जन्मदिन, विवाह वर्षगाँठ लगाएत मनाउन आउने गरेका छन् । यसरी आफ्नो जन्मदिनमा सामाजिक काम गर्नु सह्रानीय काम भएको बालगृहका सचिव तेज बहादुर घिमिरेको भनाइ रहेको छ । सुरुमा त कोही आउदैन थे तर ०६७÷०६८ साल तिर संचालक समिति आफैले यस्ता विषेश अवसर बालगृकमा मनाउन थालेपछि पछिल्लो समय बालगृहमा मनाउनेको संख्या वढेको घिमिरेले बताउनुभयो । बालगृह आउनेले कसैले खाजा खुवाउने, स्टेश्नरी वितरण गर्ने लगाएत गर्दै आएका छन् । हाल नमूना बालगृहमा पूर्व मेची देखि महाकाली सम्मका २१ जिल्लाका बालबालिकाहरु रहेका छन् । हाल गृहमा ३० जना बालिका र १६ जना बालकहरु रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…