• काठमाडौं । पछिल्लो समय युट्युवमा निक्कै भाईरल भएका अशोक दर्जीका फ्यानहरु निक्कै छन् । उनको गीत मन पराएपछि यतिवेला उनको क्रेज ह्वात्तै बढेको पनि छ । जसको कारण असोकका शुभेच्छुकहरु उनको बारेमा केहि भईरहेको चिन्ता ब्यक्त गर्छन् । यहि क्रममा असोकको बारेमा जानकारी लिन खोज्दा एक युवालाई टंक बुढाथोकीले झपारेका छन् । ति युवाले टेलिफोनमा सोधेका छन्, असोकको परिक्षा छुटाएर कार्यक्रममा लान आट्नु भएछ परिक्षा सकिएपछि कार्यक्रममा लग्दा के हुन्थियो ? अहिले परीक्षा पनि सकियो कार्यक्रम पनि भएको छैन् ।
    टंकले झर्किदै जवाफ दिएका छन् । असोकलाई पढाई परीक्षा भन्दा विदेशको कार्यक्रम ठुलो हो । यो क्रेज पढेर कसैले पाउछ ? तिम्ले कति पढेको भाई ?
    टंकले असोकको सर्वाधिकार आफुमा रहेको बताएका छन् ।


    असोकको कार्यक्रम पढाई छोडेर लान टंकले मरिहत्ते गर्नु भनेको असोकलाई युज गरेर पैसा कमाउनु नै हो, असोकका फ्यानहरु भन्छन्, साँगीतिक कार्यक्रममा गएको आएको पनि हिसाप पनि पारदर्शी छैन् । असोकलाई आफुले हिट बनाएको टंक दावी गर्छन् । यति होकि टंक साँगीतिक क्षेत्रमा लागिरहेका मान्छे हुन, तर असोकसँग टच भएपछि उनको व्यस्थता बढेको हो ।
    असोकलाई दुहुना गाई बनाएर अहिले टंक उनको अध्ययनअध्यापनमा ध्यान दिईरहेका छैनन् । बरु आफ्नो युट्युवमा असोकको अनाश्वक भिडियो हालेर पैसा कमाईरहेका छन् । आफ्नो एकाधिकार जमाईरहेका छन् । यता असोकको घर बनाउन लागि पर्नेहरु दिनरात खटिरहेका छन् । मेहेनत गरिरहेका छन् । तर टंक भने हिसाप नदेखाउने घर निर्माणको पैसा निर्माण समितिलाई भनेको बेला नदिने जस्ता काम गरिरहेका छन् । पूर्ण वाईवाले आफ्नो गोजीको पैसा हालेर घर बनाईरहेका छन् । तर टंकले घर निर्माण समितिलाई पैसा दिएका छैनन् । बरु बिभिन्न वहाना गर्दै पन्सिने काम गरिरहेका छन् । पूर्ण वाईवा घर निर्माणको संयोजक नभएको भए घर नबन्ने निश्चित रहेको स्थानीय बताउछन् । वाइवाले भने–‘पैसा कसरी आएको छ, कति आएको छ केही थाहा छैन । यदि, म नभएको भए यो घर नबन्ने पक्का थियो ।’ वाइवाले अगाडि भने–‘मैले त टंकको व्यवहार देखेर, बाल श्रम शोषणको मुद्दा हालिदिन्छु समेत भनेको थिएँ ।’ उनले आफूहरुको मिसन नै अशोकको घर बनाउने रहेको भन्दै धेरै कुरा सहेर काम गरेको बताए ।

    हिजो असोक र उनको लागि प्रतिभा पहिचान कार्यक्रम र अध्ययन अध्यापन आवश्यक थियो भनेर उर्लाबारीमा प्रतिभा पहिचान कार्यक्रम भयो । साँगीतिक कक्षाको वातावरण बनाईयो । वेथेल स्कुलमा निशुल्क पढ्ने वातावरण बनाईयो । तर असोक हिट भएपछि उनको भविष्यको चिन्ता नराखी टंकले पैसा कमाउने केटो मात्र बनाउन लागिरहेका छन् । यसतर्फ बेलैमा पुरीयाउनु पर्ने भएको छ ध्यान, असोकको पछि नपाई पढाई हुन्छ न त साँगीतिक ज्ञान । असोकको क्रेजलाई पैसामा मात्र युज गर्नु असोकको भविष्य माथि खेलवाड हो । अहिले असोकले टंकको कारण अध्ययनमा समय दिन पाईरहेका छैनन् । एकदिन भन्दै उनले काठमाडौंमा लगेर पढाईबाट बन्चित गराएका छन् । भने खाली समयमा पनि साँगीतिक सेन्डिकेट लादेका छन् ।


    वयस्कमा सही र गलत छुट्याउने क्षमता हुन्छ । तर, आठ वर्ष टेक्दै गरेको बालकलाई यति धेरै पछ्याउँदा अनि अतिरञ्जित गर्दै उनका गतिविधि सार्वजनिक हुँदा व्यक्तित्व निर्माणमा मात्र होइन, मानसिक रूपमै तनाव हुन्छ । “सामाजिक सञ्जालमार्फत अशोकको प्रतिभा बाहिर आयो, अरूले थाहा पाए । यो सुखद पक्ष हो,” अशोकको युट्युब ट्रेन्डलाई नियालिरहेकी बालमनोविज्ञ नन्दिता शर्मा भन्छिन्, “तर त्यसलाई अनावश्यक प्रचारबाजी गर्दा प्राप्त उपलब्धि पनि गुमेर मनोविज्ञान असर पर्छ । त्यस्तै संकेत देखापर्न थालेको छ । उनलाई उचित गाइडेन्सको अभाव देखिन्छ ।” एकोहोरो ‘वाहवाही’ ले चाहिनेभन्दा बढी आत्मविश्वास बढाउने र नकारात्मक प्रतिक्रियाले निराशामा फसाउने शर्माको भनाइ छ ।
    अशोक काठमाडौँ आएको तेस्रो दिन नै गीत रेकर्ड गराइएको थियो । स्टुडियोमा गीत अभ्यास गरेको भिडियो उनले आफ्नो युट्युब च्यानलबाट अपलोड गरे र यहीँबाट उनको आलोचना सुरु भयो । संगीतकर्मी अंकितबाबु अधिकारीले त यसलाई अशोकमाथिको सास्तीकै संज्ञा दिए ।
    मनोविज्ञ तथा बाल अधिकारकर्मी बच्चालाई ‘सेन्सेसन’ बाट टाढा राख्नुपर्ने बताउँछन् । बालापनमा रमाउन दिनुपर्छ । अनावश्यक प्रचार र वाहवाहीबाट टाढा राख्नुपर्छ । अन्यथा, आत्मविश्वास पनि गुम्छ । बाल अधिकारकर्मी मधु दवाडी भन्छन्, “शारीरिक वृद्धि र सांस्कृतिक विकासभन्दा बढी काम लगाउनु वा प्रोजेक्सन गर्नु पनि एक खालको सामाजिक र मानसिक शोषण नै हो । यहाँ त व्यापारिक उद्देश्यका लागि बच्चाको दुरुपयोग गरेको छनक मिल्दैछ ।”
    https://www.youtube.com/channel/UCxcaWUNfFUZMmWV6WR9HOIQ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…