• पथरी । किरात राई यायोक्खा मोरङले १ नम्बर प्रदेशको नाक किरात राख्न मुख्यमन्त्री शेरधन राईलाई स्मरणपत्र बुझाएका छ्न । यायोक्खा केन्द्रिय उपमहासचिव तिलकप्रसाद राई, केन्द्रिय सदस्य अर्जुन जम्नेली राई, मोरङ जिल्ला अध्यक्ष नवीन राई लगायतका टोलीले शुक्रबार स्मरणपत्र बुझाएका हुन । यस अघि यायोक्खा केन्द्रीय समितिले प्रदेशको नाम किरात राख्न २५ लाख हस्ताक्षर संकलन गरि प्रदेशको सभमुख र मुख्यमन्त्रीलाई बुझाएको थियो । त्यसैगरी किरात प्रदेश बन्ने आधारपत्र प्रदेशको ९३ सभा सदस्यलाई बुझाई सकेको छ । किरात नामकरनकै अभियान स्वरूप मुख्यमन्त्रीलाई स्मरण पत्र बुझाएको यायोक्खा जिल्ला अध्यक्ष नवीन राईले बताए । स्मरणपत्र बुझ्ने क्रममा मुख्यमन्त्री राईले संविधानको दायराभित्र रहेर किरात प्रदेशको लागि भूमिका खेल्ने बताए । आफू मुख्यमन्त्री बन्नुमा भौगोलिक, सास्क्रुतिक र सामुदायिक कारण पनि रहेको बताए । अभियान अन्तर्गत मोरङ जिल्ला प्रमुख अधिकारी रामप्रसाद आचर्य मार्फत प्रदेश सरकारलाई ज्ञापनपत्र पठाएको छ ।

    ज्ञापनपत्र बुझ्ने क्रममा प्रजिअ आचर्यले किरात आफैमा बहुपहिचान भएको बताए । आफू माझ किरात खोटाङमा जन्मेर हुर्केको बताउदै ज्ञापनपत्र तुरुन्त प्रदेश सरकारमा पठाएर किरात नामकरणको लागि सकेको बूमिका खेल्ने बताए । किरात शब्दले बहुपहिचान र भूगोलको प्रतिनिधित्व गर्ने, किरात कुनै एउटा जाती नभएको नभएर सभ्यता, ईतिहास भएको यायोक्खाको दावी छ । किरात एउटा जाती हो भन्ने कसैले नि पुष्टि गर्न नसक्ने तर्क गर्दै १ नम्बर प्रदेशको नाम किरात हुनुपर्ने माग गर्दै आएको छ । प्रदेशको नामकरणको लागि यायोक्खा केन्द्रीय पदाधिकारीहारु प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष प्रचण्ड र काङ्ग्रेस सभापति शेरबहादुर देउबालाई भेटेर किरात नामकरण बारे बुझाएको यायोक्खा केन्द्रीय सदस्य अर्जुन जम्नेली राईले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…