• उर्लाबारी । युट्बु भाइरल ब्वाई अशोक दर्जीको नाममा आर्थिक चलखेल भएको पाइएको छ । झापाको दमक–२ मा घर निर्माण अन्तिम चरणमा पुगेको छ । तर, आर्थिक समितिका संयोजक तथा चर्चित संगीतकार/गायक टंक बुढाथोकीले हालसम्म अशोक दर्जीको नाममा के कति पैसा उठेको छ भन्ने बारेमा जानकारी नदिएको भन्दै घर निर्माण समिति असन्तुष्ट देखिएको छ।

    अशोकका लागि भन्दै टंकले निर्माण गरेको ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ गीतबाट आएको सम्पूर्ण रकम घर निर्माणमा दिने घोषणा गरे। त्यसपछि केही स्थानबाट सहयोग संकलनसमेत भएको थियो । त्यस्तै, मलेसिया र दुवईको सांगितिक कार्यक्रममा पनि अशोक पुगे।

    त्यहाँबाट घर निर्माणमा कति जुट्यो भन्ने हालसम्म आर्थिक समितिका संयोजक बुढाथोकीले केही बताएका छैनन्। त्यस्तै, पोखरा, झापालगायतका स्थानमा  पनि अशोकको सांगितिक कार्यक्रम भयो। तर, घर निर्माणमा कति रकम जुट्यो, त्यसबारेमा टंकबाहेक कसैलाई थाहा छैन।

    घर निर्माण समितिका अध्यक्ष पूर्ण वाइबाले आफ्नै लगानीमा घर निर्माण गरिरहेका छन्। आर्थिक समितिले आफूलाई किस्ताबन्दीमा रकम भुक्तानी गर्ने गरेको र घर निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिए।

    हालसम्म १ लाख ६० हजार रुपैयाँ आफ्नो ब्यक्तिगत खर्च भइसकेको पनि उनले बताए। करिब १२ लाख रुपैयाँमा घर निर्माण सक्ने जनाइएको छ। झापा दमकमा निम्न वर्गको परिवारमा जन्मिएका अशोक सानो उमेर देखि नै गायनमा रुची राख्ने उनि बाटो, होटल लगायतका स्थानमा दिनभर गीत गाउँथे।

    आर्थिक अवस्थाका कारण उनी अरु बालबालिका स्कुल जाने बेला सडक र विभिन्न होटलमा आएका ग्राहकहरुको अगाडी गीत गाउन पुग्थे। त्यसैबाट उनले केही अर्थोपार्जन गरेर परिवारको सामान्य आवस्यकता पुरा गरिरहेका थिए।

    करिब दुई वर्षभन्दा अगाडी सडकमा गीत गाइरहेको अवस्थामा झापा दमकका रुपक सापकोटाले उनको भिडियो खिचे र सामाजिक संजालमा राखेर भाइरल बनाएका थिए। त्यसपछि युट्बुमार्फत उनको चर्चा भएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…