•  २०७५ आषाढ ३१ आइतवार 


    आगलागीबाट एकबर्ष अगाडी ध्वस्त भएको बेनी नगरपालिका–४ डाँडाखेतमा अवस्थित बालमन्दिर आधारभुत विद्यालयलाई म्याग्दी समाज अमेरिकाले संकलन गरेको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । दुई तले १० कोठे भवन तिव्र निर्माण कार्य भएको विद्यालयको लागि डाँडाखेत निवासी हाल अमेरिका रहेका मनोज बानियाँले प्रदेश संसाद विनोद केसी मार्फत २ लाख २१ हजार १७० रुपैयाँ हस्तान्तरण गरेका छन् ।




    शुक्रबार विद्यालयको पूननिर्माणको अवस्थाको स्थलगत अनुगमन गदैं सांसद केसी,प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले स्थानीय समुदायको सक्रियतामा भइरहेको भवन निर्माणको अभियानमा प्रवासीबाट प्राप्त सहयोगले सहज भएको बताए ।

    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम बानियाँ र आर्थिक संयोजक सुमन बानियाँ र प्रअ रामप्रसाद शर्मालाई विद्यालयका पूर्व विद्यार्थी समेत रहेका मनोज बानियाँ, दिपा बानियाका तथा म्याग्दी समाज अमेरिकाका अध्यक्ष अम्मर छन्त्याल, वरिष्ठ उपाध्यक्ष इन्द्रमाया क्षेत्री, महासचिव लिलम पुन र निर्वतमान अध्यक्ष रामबहादुर भण्डारीको सक्रियतामा संकलन भएको रकमका बारेमा जानकारी गराइएको थियो ।

    सोही अवसरमा जलजला समाज अस्टेलियाबाट ४५ हजार र स्थानीयबासी चन्द्रबहादुर चन १ लाख ५ हजार सहयोग विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बानियाँलाई हस्तान्तरण गरिएको हस्तान्तरण गरिएको थियो । बेनी नगरपालिका– ४ का अध्यक्ष गोविन्द्र पौडेललको उपस्थितमा प्रअ शर्माको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति र शिक्षक तथा समाजसेवीहरुको उपस्थित भएको थियो ।

    भवन पुननिर्माणमा दक्षिण कोरियामा रहेका म्याग्देलीको सक्रियतामा ग्लोबल एजुकेशन फर रिपब्लिक अल फाउण्डेशनले समेत सहयोग गरेको छ । जिल्ला विकास तथा समन्वय इकाईको बहुबर्षे योजना अन्तरगत ३६ लाख रुपैयाँ अनुदानमा बालविकास, पुस्तकालय सहितको चार कोठे भवन समेत तिब्र गतिमा निर्माण भइरहेको छ ।आगलागीबाट कक्षा कोठा, कार्यालय, कम्प्युटर ल्याब र पुस्तकालय रहेको ८ कोठे दुई तले भवन पूर्णरुपमा जलेर नष्ट हुदाँ ९२ लाख रुपैया बराबरको क्षत्ती भएको थियो ।

    विद्यालयले आर्थिक संकलन अभियान मार्फत ३३ लाख सहयोगको प्रतिबद्धता प्राप्त गरेपनि नगद २३ लाख संकलन गर्न सफल भएको थियो । आर्थिक सहयोगबाट नयाँ भवन निर्माणका लागि आवश्यक दुई रोपनी १० आना जग्गा खरिदमा २२ लाख खर्च गरिएको आर्थिक सहयोग संकलन अभियानका संयोजक सुमन बानियाँले बताए । विद्यालयमा १५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको भवन निर्माण अभियानमा सेवाक्षेत्रका बासिन्दाले प्रत्येक घरबाट १५ दिन बराबरको जनश्रमदान समेत गरिरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…