• पाँचथर, ३१ असार :

    फाल्गुनन्द गाउँपालिकाको तेस्रो गाउँ सभाले सडक, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका विषयलाई पहिलो प्राथामिकतामा दिएको छ ।

    आफ्नो क्षेत्रलाई गरिबी निवारणोन्मुख गाउँपालिका बनाउन गाउँवासीलाई मिनी टिलर लगायतका आधुनिक कृषि औजार वितरण गर्ने तथा कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकीकरणका लागि कृषकलाई प्लास्टिक टनेल, थोपा सिँचाइ पाइप, क्यारेट, बीउबिजन आदि वितरण गरिने प्रमुख अमरकुमार नेम्बाङ्गले जानकारी दिनुभयो ।

    यस्तै युवा तथा महिलालाई स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने, गाउँपालिकाभित्र रहेका बाँझो जग्गाको तथ्याङ्क संकलन गरी उक्त जग्गाको उपयुक्त व्यवस्थापन र प्रयोगका लागि कृषकलाई प्रोत्साहन, खेलमैदान, अस्पताल तथा ब्यायामशाला निर्माण गरिने पनि सो अवसरमा जनाइएको थियो ।

    प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङवो मौसमले उक्त सभा शुभारम्भ गर्दै अबको ५ वर्षभित्र प्रदेश नं १ लाई समृद्ध बनाएर छोड्ने बताउनु भयो ।

    प्रदेश नं १ को सरकारले सडक, कृषि, पर्यटन, सिँचाइ, भौतिक पूर्वाधार विकास लगायतका विषयमा प्राथामिकता दिएर अघि बढ्नेमा जोड दिँदै उहाँले अब प्रत्येक टोलटोलसम्म विद्युतीकरण गरेर प्रदेश नं १ लाई उज्यालो प्रदेश निर्माण गर्ने चर्चा गर्नुभयो । मन्त्री मौसमले पाँचथरमा मात्रै रू एक अर्ब जतिको बजेट आब ०७५÷७६ का लागि विनियोजन गरेको पनि बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…