• बाबियाचौर, म्याग्दी, ३१ असार :

    फेदिस्थित दाङखोलामा बेलिब्रिज निर्माण भएपछि म्याग्दीको विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका सिधा सडक सञ्जालमा जोडिएको छ ।

    धवलागिरि गाउँपालिका– ७ र मालिका गाउँपालिका– ५ को सिमानामा पर्ने दाङ खोलामा रु ३५ लाख आठ हजार ४८ को लागतमा २१।२० मिटर लामो बेलिब्रिज निर्माण गरिएको हो ।

    धवलागिरि गाउँपालिकाको रु ३३ लाख २८ हजार अनुदान र दुई लाख ८४ हजार ७८ बराबरको जनसहभागितामा निर्माण भएको पुल शुक्रबारदेखि सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । धवलागिरि गाउँपालिकालाई जोड्ने एकमात्र दरवाङ–धारापानी–ताकम–मुना सडकमा सिधा र नियमित सवारी सञ्चालन गर्न सकिने भएको छ ।

    धारापानी, ताकम, मुना, मुदी, लुलाङ, गुर्जा र ढोरपाटन क्षेत्रका बासिन्दालाई आवतजावत, निर्माण सामग्री, दैनिक उपभोग्य सामानको ढुवानी र गाउँमा उत्पादन भएका कृषि तथा पशुजन्य वस्तु निकासीमा सुविधा पुगेको छ । पुल नहुँदा दाङखोलामा बर्खायाममा सवारी वारपार गर्न नसक्ने अवस्था थियो । बेलिब्रिज बनेपछि सवारी परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता हटेको यातायात व्यवसायी खुमबहादुर थापाले बताउनुभयो ।
    विसं २०७० मा दरवाङ हँुदै ताकममा सडक पुगेको थियो । पाँच मिटर अग्लो तीन वटा पक्की पिल्लर बनाइएको पुलमा आठ वटा फलामका बिम राखिएको छ । फलामका बिममाथि सल्लाका काठ राखेर सवारी गुडाउने व्यवस्था मिलाइएको गाउँपालिकाका प्राविधिक दीपेन्द्र थापाले बताउनुभयो ।

    बेलिब्रिजको पिल्लरको दायाँदायाँ ग्याबियन पर्खाल बनाएर संरक्षण गरिएको छ । यो योजना धवलागिरि गाउँपालिकामा चालु आर्थिक वर्षको गौरवको आयोजना भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…