• उर्लाबारी, ३१ असार । लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार घनश्याम भण्डारी र तेजन खड्का पुरस्कृत भएका छन् ।
    आइतबार उर्लाबारी नगरपालिकाको दोस्रो नगरसभाको अवसरमा भण्डारी र खड्का पुरस्कृत भएका हुन् । उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले सम्मान पत्रसहित दोसल्ला ओढाएर पुरस्कृत उनीहरुलाई पुरस्कृत गरेका छन् । दुई दशकदेखि पत्रकारिता क्षेत्रका क्रियाशिल भण्डारीलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । भण्डारीलाई सम्मान पत्र, दोसल्ला र नगद १५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरियो । २०५४ सालमा तेस्रो विश्व साप्ताहिकबाट पत्रकारिता सुरुवात गरेका भण्डारी पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपालको दुई कार्यकाल अध्यक्ष भइसकेका छन् । क्लबको हाल सल्लाहकारसमेत भण्डारी उर्लाबारी पेजका सम्पादक र पूर्वज्योति साप्ताहिकका सह–सम्पादक हुन् ।


    त्यस्तै, विवेचना दैनिकका समाचारदाता खड्कालाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । खड्कालाई सम्मान पत्र, दोसल्ला र नगद ११ हजार १ सय ५१ रुपैयाँ प्रदान गरियो । पुरस्कार वितरण कार्यक्रममा विविध कारणले पत्रकार खड्का उपस्थित हुन नसकेपछि सो पुरस्कार सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतमार्फत हस्तान्तरण गरियो । २०६५ सालदेखि पत्रकारितामा सक्रिय खड्का परोपकारी पत्रकारितामा पनि सक्रिय छन् । खड्का सञ्चार क्लब नेपालका पूर्व सचिब हुन् । उक्त कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सत्यतथ्य समाचार प्रकाशन गर्न सञ्चारकर्मीहरुलाई अनुरोध गरे । पत्रकारिता क्षेत्रलाई मर्या्दित बनाउनु पर्नेमा जोड दिँदै प्रमुख फागोले नगरपालिकाले गरेका सकारात्मक र नकारात्मक गतिबिधिहरुलाई प्राथमिकता साथ जनतामाझ पुर्याउन आग्रह समेत गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…