• सुर्खेत । 

    कर्णाली प्रदेशस्तरीय नेपाल पर्यटन पत्रकार महासंघको अध्यक्षमा अशोककुमार सिंह सर्वसम्मत चयन हुनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार सम्पन्न महासंघको पहिलो अधिवेशनले सिंहको अध्यक्षतामा १३ सदस्यीय महासंघ गठन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा दैलेखका गोविन्द भारती, महिला उपाध्यक्षमा जुम्लाका दिलमाया शाही, महासचिवमा जुम्लाकै शुरबहादुर सिंह चयन हुनुभएको छ ।

    त्यस्तै, खुला सचिवमा जाजरकोटका सुरेन्द्र सिंह, महिला सचिवमा सल्यानका मीना बुढाथोकी र कोषाध्यक्षमा सुर्खेतका सविता जिसी चयन हुनुभएको महासचिव सिंहले जानकारी दिनुभयो ।

    बाँकी सदस्यमा खुलातर्फ डोल्पाका सरोज थापा र हुम्लाका नरजंग तामाङ, महिला सदस्यद्वय जुम्लाका सरिता पराजुली र दैलेखका ज्योति कटुवाल, दलित सदस्यमा कालीकोटका रमेश सुनार र जनजाति सदस्यमा सुर्खेतका प्रभाषकुमार शाक्य चयन हुनुभएको जनाइएको छ ।

    विधागत पत्रकारिताबाट कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन, र विकास गर्ने मुख्य उद्देश्यका साथ प्रदेशस्तरीय पर्यटन पत्रकार महासंघको गठन गरिएको अध्यक्ष सिंहले बताउनुभयो । उहाँका अनुसार यहाँको सांस्कृतिक, धार्मिक, पुरातात्विक र पर्यापर्यटनको विकास तथा प्रवद्र्धनमा महासंघ प्रदेश सरकारको सहयोगी भएर पर्यटनसम्बन्धी विभिन्न गतिविधि संस्थागत रुपमा अघि बढाउनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…