• इटहरी, असार ३२ । इटहरी ६ स्थित कोसी डेन्टल क्लिनिकका डाक्टरले दाँतको उपचार गराउन आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेका छन् । इटहरी निवासी १८ वर्षीया युवतीलाई जाँचको क्रममा एक्लै पारी क्लिनिकका डाक्टर धीरेन्द्र साहले यौन दुर्व्यवहार गरेका हुन् ।

    दुर्व्यवहार गर्ने डाक्टरलाई युवतीका आफन्तले फउ गरी इटहरी प्रहरीलाई बुझाएका छन् । साथै, आक्रोशित आफन्तजनहरुले क्लिनिकमा तालाबन्दी समेत गरेका छन् । डाक्टर साहले युवतीको सम्वेदनशील अंगमा हात लगाएपछि उनले डाक्टरको कक्षबाट भागेर आफन्तलाई जानकारी गराएकी थिइन् ।

    यसैबीच, इलाका प्रहरी कार्यालय इटहरीले डाक्टर साहको विषयमा अनुसन्धान सुरु गरेको छ । युवतीका आफन्त तथा स्थानीयले भने यौन दुर्व्यवहार गर्ने डाक्टरलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…