• काठमाडौं, ३१ असार  । विश्वकप २०१८ को फाइनल खेलमा क्रोयसियालाई ४–२ गोल अन्तरले हराउँदै पूर्व विश्व विजेता फ्रान्सले २० वर्षपछि पुनः विश्वकपको उपाधी जितेको छ ।

    खेलको सुरुवातमा सुस्त खेलेका दुबै टोलीले सुरुवातमा वास्तविक गोल गर्ने अवसर खासै बनाउन नसकेपनि खेलको १८ औं मिनेटमा फ्रान्सका आन्त्वान ग्रिजमानले प्रहार गरेको शटलाई फर्काउन खोज्दा क्रोयसियाका मारियो मान्जुकिचको खुट्टामा लागि आत्मघाती गोल भएपछि खेलमा फ्रान्सले १ गोलको अग्रता लिएको थियो ।

    फ्रान्सको अग्रता धेरै नटिक्दै खेलको २८ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै स्कोरलाई बराबरी गरेका थिए ।

    उक्त बराबरी गोल पछि थप प्रतिस्पर्धात्मक भएको खेलमा ३६ औं मिनेटमा क्रोयसियाको डि बक्स एरियामा इभान पेरिसिचले बललाई हातले छोएपछि फ्रान्सले पाएको पेनाल्टीको अवसरलाई आन्त्वान ग्रिजमानले गोलमा परिणत गरेपछि पहिलो हाफमा फ्रान्सले २–१ को अग्रता कायम गरेको थियो ।

    बल पोसेसनमा क्रोयसिया अगाडि भएपनि खेलको ५९ औं मिनेट पल पोग्बाले गोल गर्दै फ्रान्सका गोलसंख्या ३ पुगेको थियो । त्यसको ६ मिनेटपछि किलियन एम्बाप्पेले गोल गरेपछि फ्रान्सले खेलमा ४–१ को अग्रता कायम गरेको थियो ।

    खेलमा फ्रान्सको पूर्ण नियन्त्रण भएको अवस्थामा फ्रान्सका गोलकिपर ह्युगो लोरिसले अल्छी पारा देखाउँदा त्यसको फाइदा उठाउँदै मारियो मान्जुकिचले गोल गर्दै ४–२ को अवस्थामा पु¥याए पनि खेलमा फ्रान्सको पकड हटाउन क्रोयसिया सफल हुन सकेन ।

    खेलको बाँकि समयमा दुबै पक्षले थप गोल नगरेपछि अन्ततः लिग चरण देखि बलियो प्रदर्शन गरेको फ्रान्सले विश्वकपको उपाधी जितेको छ । यो सँगै फ्रान्सका प्रशिक्षक डिडियर डेशच्याम्प कप्तान र प्रशिक्षकको हैसियतमा विश्वकप जित्ने तेश्रो व्यक्तित्व बनेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…