• दिपक संघर्ष/मलेशिया
    जुलाई-१६

    रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका २ तल्लो सिर्प बस्ने पुस्ट बहादुर पुन सन २००५ मा आस्था मेनपावर बाट मलेशिया को sulations sdn bhd manpower मा आइपुगेका थिए।आफ्नो बाल्यकाल देखिनै सामाजिक कार्यप्रति निकै लगाब र चासो राख्ने स्वभावका ब्यक्ति हुन।

    रोल्पा जिल्लाका युवाहरुको सक्रियता मा रोल्पाली एकता समाज पनि मलेशियामा गठन गरेका छन्।सामाजिक कार्यप्रती औदि रुचि राख्ने भएर होला सामाजिक काममा अग्रपंक्तिमै छ्न।सोहि सस्थाका सल्लाहकार समेत रहेका पुन , आफ्नो कम्पनीमा काम गरेर बचेको समयको सदुपयोग गर्न एम एल एम ब्याबसाय अन्तर्गत DXN नेटवर्क कम्पनीमा पनि काम गर्छन।

     

    आफु स्वच्छ रहौ र स्वास्थ्य जीवन निर्बाह गरौ भन्ने मुल नारा सहित उक्त कम्पनीका
    अन्तरास्ट्रिय साखाका नेतृत्व पनि हुन।सधै सामाजिक कार्यमा हत्ते गर्ने पुनले ब्लडमनि तिर्न नसकेर साउदिको बन्दी गृहमा जीवन बिताइ रहेका दिल बहादुर घर्तिका निमित्त पनि सहयोग अभियानमा जुटेका थिए।बिगत डेढमहिना अघि थालनी गरेको दिल बहादुर बचाऔ अभियानको आर्थिक सङकलन समितिमा विशेष भुमिका खेलेका थिए।

    मलेसियाका विभिन्न क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरु माझ आर्थिक सङ्कलन अभियान र त्यसको उदेस्य बारे बुझाएर उनकै नेतृत्वमा नेरु, १००,०१७ उठाएका छन।भने सो सङ्कलित रकम अन्तर्राष्ट्रिय रोल्पालि एकता समाजका कोषाध्यक्ष लेख प्रशाद रोकाको नाममा नेपाल पठाइसकेको जानकारी अन्तर्राष्ट्रिय रोल्पा एकता समाजका उपाध्यक्ष दिपक सघर्षले दिएका छन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…