•  

    कान्दाहार, अफगानिस्तान, १ साउन

    ( एएफपी) अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा आतङ्ककारी विरुद्ध जारी रहेको हवाई कारबाहीको क्रममा ६२ भन्दा बढी आतङ्ककारी मारिएका छन् । गत २४ घण्टाभित्र भएका यस कारबाहीमा यी आतङ्ककारी मारिएका सेनाका प्रवक्ता यहया आलाभीले मङ्गलबार एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । कान्दाहार प्रान्तको मारोफ जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्षित गरी सो कारबाही गरिएको आलाभीले थप जानकारी दिनुभएको छ । कारबाहीको क्रममा कान्दाहार प्रान्तको आर्घिस्तान जिल्लामा आतङ्ककारी र सुरक्षाबलबीच सोमबार राति भएको झडपमा परी नौ जना प्रहरी पनि मारिएका छन् । यहँको प्रान्तीय गभर्नरका प्रवक्ता दाउद आमेदीले सो कुराको जानकारी दिनुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…