• काठमाडौँ, १ साउन

    गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत रिचार्ड मोरिस र कतारका राजदूत युसुफ बिन मोहम्मदले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा बेलायती राजदूत रिचार्ड मोरिससँग भएको भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्री थापाले बेलायती सेनामा कार्यरत नेपालीका केही समस्या रहेको भन्दै सो बारे चासो व्यक्त गर्नुभएको थियो । राजदूत मोरिसले नेपाल–बेलायत सम्बन्धको चर्चा गर्दै नेपालले तीव्रतर रुपमा विकास गरोस् भन्ने आफूहरुको चाहना रहेको बताउनुभयो । उहाँले नेपालमा बेलायती लगानी भित्र्याउन आफूले सक्दो पहल गर्ने समेत बताउनुभयो । राजदूत मोरिसे विपद् व्यवस्थापन, सुरक्षा निकायको तालीम र उपकरणलगायतका क्षेत्रमा गृह मन्त्रालयसँग समन्वय गरेर काम गर्न आफूहरु तयार रहेको बताउनुभयो । भेटमा पछिल्लो समय गृहमन्त्रालयले शुरु गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नियमनका विषयमा समेत छलफल भएको थियो । गृहमन्त्री र कतारी राजदूत भेटवार्ता यसैगरी गृहमन्त्री ‘बादल’सँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले पनि आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाल–कतार द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूतसँग उहाँले सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गर्नुभयो । राजदूत मोहम्मदले यस वर्ष नेपाल र कतार कूटनीतिक सम्बन्ध भएको ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गर्नुभएको थियो । उहाँले सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्न गइरहेको सन्दर्भमा सुरक्षागार्डमा ठूलो संख्यामा नेपालीलाई लैजान कतार इच्छुक रहेको र त्यसका लागि आवश्यक परे छुट्टै सम्झौता गर्न तयार रहेको बताउनुभयो । कतारमा हाल पाँच लाखभन्दा बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…