• काठमाडौं, १ साउन । बहुुमतका नाममा सरकारले अधिनायकबादी रबैया देखाएको भन्दै मुख्य बिपक्षी दल नेपाली कांग्रेसले संसद र सडक संघर्षका कार्यक्रम अघि सारेको छ ।

    चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोबिन्द केसीको मागप्रति ऐक्यबद्धता तथा सरकारको अधिनायकबादी शैली बिरुद्ध कांग्रेसले साउन ३ गतेदेखि आन्दोलन गर्ने जनाएको छ । त्यसक्रममा साउन १५ गते ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गरिने छ ।

    पार्टी मुख्यालय सानेपामा आज बिहान पार्टीका भातृ तथा शुुभेच्छुक संस्थाका प्रमुुखहरुसंगको बैठकमा उपसभापति विमलेन्द्र निधिले आन्दोलनका कार्यक्रम घोषणा गर्नुु भएको हो । जस अनुुसार साउन ३ गते संसद अबरुद्ध गर्ने र सोही दिन सडकमा बिरोध प्रदर्शन गरिनेछ ।

    प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभामा पनि माथेमा कार्यदलको प्रतिबेदनका आधारमा यसअघि नै संसदमा दर्ता गराइएको चिकित्सा शिक्षा बिधेयक हुुबहुु पारित गर्नुपर्ने भन्दै साँसदहरुले बिरोध गर्ने कार्यक्रम रहेको छ ।

    सोही दिन नेपाल चिकित्सक संघ र प्रजातन्त्रबादी प्राध्यापक संघको अगुवाईमा माइतीघर मण्डलाबाट शुरु हुने बिरोध प्रदर्शन नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा अगाडि पुुगेर कोणसभा गरिनेछ । बिरोध प्रदर्शनमा कांग्रेसले आफ्ना सबै भातृ तथा शुुभेच्छुक संस्थाका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

    कांग्रेस उपसभापति निधिले सरकारले चिकित्सा शिक्षा प्रतिस्थापन बिधेयक कसैको स्वार्थमा ल्याएको भन्दै त्यसका बिरुद्ध आन्दोलनमा जानु परेको बताउनुु भयो ।

    अनसनरत डा. केसीको जीवनप्रति सरकार गैरजिम्मेवारपूर्ण ढंगबाट प्रस्तुत भएको भन्दै उहाँले केसीको स्वाथ्यमा तलमाथि भए सरकार नै जिम्मेवार हुनुुपर्ने उल्लेख गर्नुभयो ।

    चिकित्सा शिक्षाको बिरोधमा तरुण दलले साउन ५ गते काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । यसैगरी, साउन ६ गते बीपी कोइरालाको स्मृति दिबस अबसरमा केन्द्र र जिल्लामा बिबिध कार्यक्रम गरी मनाइने भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…