• भौगोलिक रूपले विकट मानिएको कर्णालीमा एक प्रहरीलाई तीन सय १९ नागरिकको सुरक्षा गर्नुपर्ने जिम्मेवारी छ । २८ हजार ९ सय ७३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कर्णालीको जनसंख्या १६ लाख २३ हजार ६ सय २३ छ । प्रहरी दरबन्दी ५ हजार ९० छ । प्रदेशमा सिभिल, ट्राफिक, नेपाली सेना र प्राविधिक प्रहरी छन् ।

    कर्णाली प्रदेशले आर्थिक वर्ष ०७५/७६ को बजेटले ‘समृद्धि र विकासका लागि शान्ति सुरक्षा, सुरक्षित प्रदेश जनअपेक्षा’ नारा अवलम्बन गरेको छ ।

    चोरी, डकैती, गुन्डागर्दी, कालोबजारी, जबर्जस्ती असुली, मानव बेचबिखन, महिला हिंसाजस्ता अपराधको प्रभावकारी रूपमा नियन्त्रण गर्न विशेष शान्ति सुरक्षा अभियान सञ्चालन गर्ने सरकारको लक्ष्यसहित १० करोड विनियोजन भएको छ । प्रदेश प्रहरी गठन एवं प्रदेश प्रहरी मुख्यालयलगायत आवश्यक संरचना तयार गर्ने सरकारको लक्ष्य छ ।

    स्थानीय आवश्यकता, भौगोलिक अवस्था र विशिष्टीकरणका आधारमा सुरक्षा सेवाको वर्गीकरण गरी पर्यटकीय क्षेत्रमा पर्यटकीय प्रहरी सेवा, ग्रामीण क्षेत्रमा सामुदायिक प्रहरी सेवा र नगर क्षेत्रमा नगर प्रहरी सेवा स्थापना र विस्तार गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दाबी छ ।

    स्थानीय सरकार र सरोकारवालासँगको सहकार्यमा ‘हाम्रो प्रहरी, हाम्रो साझेदारी’ कार्यक्रमद्वारा सहरदेखि गाँउसम्म सुरक्षाको अनुभूति दिलाउन ‘प्रहरी युवा हातेमालो अभियान’ सञ्चालन गर्ने सरकारी योजना छ ।

    कर्णालीका १० जिल्लामा २ सय १५ इकाइबाट सुरक्षा गर्नुपर्ने प्रहरीको बाध्यता छ । भूगोलका आधारमा एक प्रहरीले झन्डै ६ किलोमिटरसम्मको सुरक्षा दिनुपर्छ । भौगोलिक विकटता र स्रोत–साधनको कमीले पनि सबै क्षेत्रको सुरक्षाका लागि चुनौती भएको एसपी ओलीले बताए ।

    प्रदेशको भूबनोट सुरक्षाका दृष्टिले चुनौतीपूर्ण रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी वीरबहादुर ओलीले बताए । ‘कर्णालीमा भौगोलिक विकटता छ, कुनै ठाउँमा घटना भए घन्टौँ हिँड्न बाध्य भए पनि कहिलेकाहीँ प्रहरीको सुरक्षा प्रभावकारी नभएको नागरिक गुनासो आउने गरेको छ,’ उनले भने ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…