• २ श्रावण २०७५
    भीमराज अधिकारी, पथरी

    २० लाखको योजनामा किचलो देखा परेको छ भने सरोकारवाला र उपभोक्ताहरु बिचमा दोहोरी सुरुभएको छ । प्रदेश सांसद कोषको बजेटबाट मोरङको पथरी शनिश्चरे ६ मा रहेको डिआइजी चोक देखि भातेगौडाँ सम्मको १५ सय ५० मिटर निर्माणाधिन सडकमा यस्तो भएको हो । उपभोक्ताले व्यापक भष्ट्रचार भएको आरोप लगाएका छन् भने जनप्रतिनिधि, प्राविधिक र निर्माण कम्पनीले भने काम सक्न अझै बाकीँ रहेको बताइरहेका छन् । आर्थिक वर्ष सकिनै लाग्दा काम सुरुभएको र खोला बन्द भएको, पानी परेको तथा आर्थिक मसान्त भएका विविध कारणले समयमा काम सक्न नसकेको निर्माण कम्पनी रञ्जन कन्ट्रक्सनका प्रोपाइटर सुमन गिरीले बताएका छन् ।

    तर यता उपभोक्ताहरु भने आक्रोसित भएका छन् । २० लाखको बाटोमा जम्मा २० टिफर गिटी हालेर गुणस्तरहिन काम गरेको र व्यापक भ्रष्ट्रचार भएको आरोप लगाएका छन् । उपभोक्ता समिति गठन गर्न ३ पटक सम्म स्थानीयहरु भेला भएको तर वडा र नगरले चासो नै नदिइ सुटुक्कै आफु अनुकुल ठेक्का लगाएको आरोप स्थानिय लालबहादुर भण्डारीको रहेको छ ।

    अगाडीको पुरानो ग्रभेल समेत खोतलेर त्यहाँ भएका ढुङ्गा पनि ठेकेदार कम्पनीले लगेको भण्डारीले बताएका छन् । असार मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा हाल सम्म काम नसकेको, उपभोक्ता समितिले काम गर्दा अनिवार्य ३३ फिट चौडाइ कायम गरिनुपर्नेमा ठेक्कामा लगाउदा बाटो पुरानै कायम राखी विस्तार नगरेको स्थानियले बताएका छन् । हामीले काम गर्दा अनिवार्य विस्तार गर्नुपर्ने तर नगरले गर्दा किन विस्तार गरिएन नियम कानुन बराबर हुन्छ की हुदैँन ? भण्डारीले प्रश्न गरेका छन् । नगरले उपभोक्तालाई लादेर काम लगाउदा नगर आफैले पनि नियम तथा मापदण्डको पालना गनुपर्ने स्थानीय भुपाल श्रेष्ठले बताएका छन् । श्रेष्ठले भने हामीले टिफर गनेर बसेका छौँ २० टिफर भन्दा बढी गिटी नै आएन । उपभोक्ता समितिले काम गर्दा अनिवार्य आर्थिक मसान्तमा सक्नुपर्ने अनि ठेकेदारले चाहीँ जहिले गर्दा हुन्छ स्थानिय यादब कुमार भण्डारीले प्रस्न गरे । नगरले मनोमानी ग¥यो हामीलाई यो कुरा मान्य हुने छैन भण्डारीले थपे ।

    रञ्जन कन्ट्रक्सनका गिरीका अनुसार काम समयमा सम्पन्न गर्न स्थानियले नै अवरोध गरिरहेको बताएका छन् । काम भइरहेको छ हामीले काम नसकी भुक्तानी हुदैन र यो हप्ता भित्रमा नै काम सकेर जिम्मा लगाउने गिरीको भनाइ छ । काम सक्न धेरै बाकीँ रहेको छ । हाम्रो टिफर नै फर्काएर सामाजिक संजालमा आउनुको सट्टा नियमित काम गर्न सघाउनु पर्ने गिरीको भनाइ छ ।

    नगरपालिकाका प्रविधिक लिलाराज भट्टराइका अनुसार स्टीमेटमा बाटो ग्राभेल भनिएको हुदाँ अन्य कुराहरु बाटो स्तर उन्नती गर्ने लगाएतका कुराहरु त्यसमा नपर्ने भएको हो । स्टीमेट अनुसार १५ सय ५० मिटर बाटो ग्राभेल, १५ सेमीको मेटाइ अर्थात थिक्नेस राख्नुपर्ने, ३३ फुट चौडाइ, ८ वटा ह्युमपाइप राख्ने कार्यहरु हुनुपर्ने छ । तर वर्षाको बेला र बाली लगाएकाले स्थानीयले विवाद ल्याएपछि बाटो ३३ फिट विस्तार नगरिएको भट्टराइको भनाइ छ । उपभोक्ता समिति गठन गर्दा अनिवार्य १५ प्रतिसत रकम उपभोक्ताबाट उठाउनुपर्ने र त्यो उपभोक्ताले त्यो गर्न नसक्ने वडा अध्यक्षको सल्लाह भएकाले ठेक्काबाट काम गरिएको भट्टराइको भनाइ छ । तर काम असार मसान्त सम्ममा नै सक्ने सम्झौता भएता पनि केही ढिलाइ भएको बताइएको छ । यस विषयमा प्रदेशमा जानकारी गराइ सकिएको र काम अनिवार्य सक्ने भएकाले रकम रोकेर काम गर्न दिने निर्देशन आएको नगरपालिकाले जनाएको छ ।

    नगर प्रमुख दिलिप कुमार राईलाई यस विषयमा बुझ्दा स्थानियको गलत बुझाइ रहेको बताए । उनले भने “त्याहाँ स्थानियको बुझाइ गलत आएको छ । नगरमा आएको कतिपय बजेट अहिले फ्रिज हुदैन र काम भइरहेको छ काम सकेर मात्रै भुक्तानी हुन्छ ।”

    अहिलेको अवस्थामा काम सकिएको हो र भुक्तानी भएको भए सरासर २० लाख रुपैया खल्तीमै गएको देखिन्छ तर काम बाकीँ रहेको र स्टीमेट अनुसार सम्पन्न गर्न बाकीँ रहेको भएमा स्थानीयले पनि काम सम्पन्न गर्न सहयोग गर्नु बाहेक अन्य बखेडा झिक्नुको कुनै अर्थ छैन । स्थानियका अनुसार काम भने हाल करिब १० देखि २० प्रतिसत मात्रै सम्पन्न भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…