• काठमाडाैं, साउन २ । ३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ ।

    प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्रिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ ।

    गत असार ११ गते बेलुकी प्रधानमन्त्री ओलीसँग भेट गरी समितिका संयोजक ईश्वरराज पौडेलसहितले समितिको काम कारबाहीबारे जानकारी गराएका थिए ।

    समितिका पदाधिकारीले अनुसन्धान प्रक्रिया अघि बढाउन अन्य आरोपितहरुलाई पनि गिरफ्तारी गर्नुपर्ने प्रधानमन्त्रीसँग बताएका थिए ।

    प्रधानमन्त्रीसँग भएको करिब दुई घण्टाको ब्रिफिङमा अनुसन्धान समितिले हुन्डी तस्करी आरोपमा संलग्न विमल पोद्दार पक्राउ परेपछि उनको संरक्षणमा रहेका भनिएका केही व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने आग्रह गरेको थियो ।

    तर, समितिको उक्त ब्रिफिङमा प्रधानमन्त्री ओलीले समितिको कामप्रति असन्तुष्टि प्रकट गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…