• काठमाडौँ । राष्ट्रिय जनता पार्टी राजपा नेपालले अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवन रक्षा र जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै चिकित्सा क्षेत्रमा सुधारका लागि विभिन्न माग राखी लामो समयदेखि आमरण अनशनरत डा केसीको जीवन रक्षाका लागि गम्भीर हुन सरकारलाई आग्रह गरेका हुन् ।

    ‘डा केसीका सबै विचारसँग सहमत हुन आवश्यक छैन तर जनताको बाँच्न पाउने अधिकार र सत्याग्रहको संस्कृतिको सम्मान सरकारको प्राथमिक उत्तरदायित्व हो’ विज्ञप्तिमा भनिएको छ ।

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी र विवेकशील साझा पार्टी यसअघिदेखि नै आन्दोलित छन् ।

    सत्ता समर्थक दल राजपा पनि जायज माग पूरा गर्नका लागि जीवनरक्षाको लागि अगाडि बढेपछि प्रमुख सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपालाई दबाब बढेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…