• काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले रु एक करोड सहयोग हस्तान्तरण गर्नुभएको छ । नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रमको आज राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गर्नुभएको हो ।


    उहाँले उक्त रकमले एउटा मात्र भएपनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना गर्नुभयो । गायिका शेर्पाले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना पनि दिनुभयो । गायिका शेर्पाको “फूलको आँखामा फूलै संसार” गीत लोकप्रिय छ ।

    सहयोग ग्रहण गर्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलव थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गर्नुभयो । कार्यक्रम प्रस्तोता मनोज पाण्डेले कोषमा रु पचास हजार सहयोग दिने घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालको पदबहालीको दिन मुलुकभरका सबै तुइन विस्थापनको घोषणा गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…