• उर्लाबारी, ३ साउन । मोरङको उर्लाबारी नगरपालिकामा रक्तसञ्चार केन्द्र स्थापना भएको छ । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाले रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याएको हो ।

    रगतको अभावमा थुप्रै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै रक्तसञ्चार सेवा केन्द्र स्थापना गरेको उपशाखा सभापति मदनबाबु प्रसाईले बताउनुभयो । अहिलेसम्म रक्तसञ्चार केन्द्रको अभावमा पूर्वी मोरङका बासिन्दा सामान्य रोगको उपचार तथा शल्यक्रियाका लागि विराटनगर तथा धरान जानुपर्ने बाध्यता थियो । उर्लाबारी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी मोरङ शाखा र बिभिन्न दाताहरुको आर्थिक सहयोगमा केन्द्र स्थापना गरिएको हो ।

     



    उक्त केन्द्र स्थापना गर्न रु १५ लाख खर्च भएको सभापति प्रसाईले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखा, रक्तसञ्चार केन्द्र भवनको नगरपालिका प्रमुख खड्ग फागोले तथा रक्तसञ्चार सेवाको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले उद्घाटन गर्नुभएको थियो । नगर प्रमुख फागोले जुनसुकै बिरामीलाई जुनसुकै बेला पनि रगत अत्यावश्यक हुने भएकाले आम जनताको पहुँचसम्म पुग्नेगरी स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३७ जनाले रगत दान गर्नुभएको सचिव लिलाराज प्रधानले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…