• काठामाडौं, ३ साउन । हाम्रो पार्टी नेपालले अनशनरत डाक्टर गोविन्द केसीको पक्षमा सडकमा नआउनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद गगन कुमार थापालाई कडा चेतावनी दिएको छ ।

    पार्टीका संयोजक गोविन्द बोहरा ‘ब्रम्हाण्ड’ले विगत २० दिनदेखि अनशनरत डा.गोविन्द केसीको पक्षमा काँग्रेसलाई सडकमा नआउन चेतावनी दिएका हुन् ।

    रिपोर्टर्स क्लब नेपालमा बिहीबार हाम्रो पार्टी नेपालले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । विगत ६ महिनादेखि आफूहरु माथेमा आयोगले तयार पारेको चिकित्सा शिक्षा तथा स्वास्थ्य प्रतिवेदनको बिपक्षमा उभिएको बताउँदै ब्रहमाण्डले नेपाली कांग्रेसलाई डा.गोविन्द केसीले बोकेर राजनीति गरेको खण्डमा आफूहरु त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।



    उनले भने,‘कांग्रेस सत्तामा हुँदा डाक्टर केसीका मागहरु सम्बोधन नगर्ने अहिले आएर राजनीति गर्ने ? साझा विवेकशील, नयाँ शक्तिले पनि ध्यान दिँदा हुन्छ, गगन थापाजी तपाई सडकमा नआउनुहोस्, हामी सडकमा ओर्लिनुपर्यो भने असहज होला, हामी निर्वाचनपछि जन्मेका हौं, हामीलाई कसैले कमजोर नठाने हुन्छ, देशमा सक्रिय रुपमा रहेका २९ वटा बैदेशिक शक्तिहरुको संरचना ध्वस्त पार्नु आजको खाँचो हो, वैदेशिक शक्तिहरुको ईशरामा नाच्नेहरु होशियार, २००७ सालपछि हाम्रो राष्ट्रियता कमजोर बन्दै गैरहेको छ ।’

    डा.गोविन्द केसीको विपक्षमा खरो रुपमा उत्रेका संयोजक ब्रहमाण्डले नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि गोविन्द केसीको पक्षमा काम गरिरहेको आरोप लगाए ।

    उनले भने,‘जनताका आकांक्षा एकातर्फ छन्, सरकार अर्को बाटोमा छ, सरकारका मन्त्रीहरु गोविन्द केसीको पक्षमा काम गरिरहेका छन्, प्रधानमन्त्रीले फरक अभिव्यक्ति दिईरहेका छन्, मेरो आग्रह छ, प्रधानमन्त्री ओलीले खुट्टा दरिलो तरिकाले टेक्नुपर्छ, कोही मर्ला, को मर्न जालान्, त्यो फरक कुरा हो, संविधानले दिएको अधिकार प्रयोग गर्नुपर्छ, मैले यसो भन्दै गर्दा गोविन्द केसी मर्नुपर्छ भनेको होईन, उनी अरुबाट परिचालित हुनुहुँदैन ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…