काठमाडौं– काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइडको आयू सकिएको ११ वर्ष पूरा भएको छ ।
अब साइडको विकल्पको रुपमा नयाँ ल्याण्डफिल्डको निर्माण कार्यको लागि कम्तीमा पनि ३ वर्ष लाग्छ । ३ बर्ष सम्म काठमाडौको फोहर कहाँ विर्सजन गर्ने भन्ने विषय सरकारले अझै टुंगो लगाउन सकेको छैन ।
२०६२ सालमा सिसडोल ल्याण्डफिल साइट २ वर्षको क्षमता रहने गरि अस्थायी स्यानीटरी ल्याण्डफिल मार्फत सन्चालनमा ल्याइएको थियो । यसको क्षमता ६.५ लाख मेट्रिक टन मात्र थियो । २ वर्षका लागि निर्माण गरिएको अस्थायी ल्याण्डफिल्डमा काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापन १३ वर्षसम्म गरिएको थियो । जवकी काठमाण्डौ र ललितपूरबाट मात्रै दैनिक करिब १००० देखि १,१०० टन फोहर उत्पादन हूने गरेको छ । जसमध्ये ७० देखि ७५ प्रतिशत फोहर सिसडोलमै व्यवस्थापन हूदैं आएको छ ।
‘अहिले सिसडोलको क्षमता सकिएको छ’ काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमूख हरि कुँवरले भने, ‘मुस्किलले २ देखि ३ महिनाको अबधिमा यसको आयु समाप्त नै हुन्छ, त्यसपछि फोहोर कहाँ व्यवस्थापन गर्ने कसरी गर्ने भन्ने विषयमा राज्यले विकल्प खोज्नुपर्छ ।’
सरकारले सिसडोलभन्दा करिब २ किलोमिटर पर रहेको नुवाकोटको बन्चरे डाँडोलाई फोहर व्यवस्थापनको दीर्घकालिन ल्याण्डफिल बनाउने योजना ल्याएपनि उक्त योजना बीचमै अलपत्र परेको छ । २०७३ सालमा बञ्चरे डाँडास्थित ल्याण्डफिल निर्माण कार्य शुरु भएको थियो, तर अहिलेसम्म उक्त स्थानमा १० प्रतिशत भन्दा बढी निर्माण कार्य हुन सकेको छैन ।
काठमाण्डौ महानगरपालिका वातावरण प्रमूख हरि कूवंरका अनूसार बन्चरे डाँडाको काम गर्न आ.व २०७३–०७४ को बजेटले रकम नै छुट्याएको छैन । बजेटले बञ्चरे डाँडामा ल्याण्डफिल्ड बनाउने योजना समेट्न नसक्दा बाँकी ९० प्रतिशत कार्य केन्द्रीय निकायको बजेटबाट सम्पन्न गर्ने वा काठमाडौं र लतिलपुरका स्थानिय निकायले गर्ने भन्नेबारे अन्योल सिर्जना भएको छ ।
२०७५ वैशाखमा काठमाडौको एकीकृत फोहोर व्यवस्थापनका लागि लगानी वोर्ड मार्फत नेपवेष्ट नामक निजी कम्पनीलाई जिम्मा दिने प्रारम्भिक सहमति पनि भएको थियो । तर, अहिलेसम्म नेपवेष्ट सँग अन्तिम सम्झौता भएको छैन । नेपवेस्ट महानगरपालिकाको सम्पर्कमा नआएको हुनाले सम्झौता ढिलाइ भएको काठमाडौं महानगरपालि बातावरण विभाग प्रमुख कुँवरले बताए ।
‘शहर अस्तव्यस्त हुँदै छ’, कुँवरले भने, ‘खानेपानी र ढलनिकासको कूरा त परै छाडौं केहि समय पछि हाम्रो घर आँगन डम्पिङ साइट हूने पक्का छ ।’
पछिल्लो समय राजधानी काठमाडौंको सौन्दर्य विग्रेको त छदैछ अव्यवस्थित फोहरमैलाले मानब स्वास्थ्यमा कति घाटा गर्ला त्यसको हिसाब समेत राज्यले गर्न सकेको छैन ।
नेपालको २९२ नगरपालिकामध्ये ५ वटा नगरपालिकासँग मात्र ल्यान्डफिल्ड साइट छ भने केहि नगरपालिकाले कन्ट्रोल डम्पसाइट बनाएका छन् ।