• रुपेन्द्र शेर्मा

    उर्लाबारी, ३ साउन ।
    उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले आज नेपाल रेडक्रस सोसाइटी उपशाखा उर्लाबारीको नवनिर्मित तीन कोठे पक्की भवनको उद्घाटन गर्नुभयो ।
    त्यस अवसरमा नगर प्रमुख फागोले रगत हरेक प्राणीका लागि अत्यन्तै महत्वपूर्ण भएकोले त्यसमा कुनै भेदभाव गर्न नहुने बताउनुभयो । उहाँले रगतमा कुनै धर्म र जातीको रङ नहुने भएकाले विमारीलाई विना पक्षपात रगत प्रदान गर्न सुझाव दिनुभयो । मानवीय सेवामा समर्पित रेडक्रस प्रति जनताले ठूलो अपेक्षा गरेको बताउँदै नगर प्रमुख फागोले प्रक्रिया पुर्याउनेलाई निर्वादरुपमा रगत प्रदान गर्न आग्रह गर्नुभयो ।
    रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जिव थापाले रगतको विकल्प नभएको र विज्ञानले पनि रगतको विकल्प निकाल्न नसकेकोले यो अत्यन्तै महुत्वपूर्ण भएको राय व्यक्त गर्नुभयो । रेडक्रसले द्वन्द्वकालमा समेत विपद र जोखिममा परेकालाई सहयोग गर्र्दै आएको उल्लेख गर्दै थापाले भुकम्प पीडितहरुका लागि आवास, स्वास्थ्य, खानेपानी र जीवीकोपार्जनको क्षेत्रमा अहिलेपनि काम गरिरहेको जानकारी दिनुभयो । २०२३ सालदेखि रेडक्रसले नेपालमा रक्त सञ्चार सेवा सञ्चालन गर्दैआएको बताउँदै थापाले उर्लाबारी रेडक्रसले सञ्चालन गर्ने रक्त सञ्चार सेवाको उद्घाटन गर्नुभयो ।
    उर्लाबारी रेडक्रसका अध्यक्ष मदनबाबु प्रसाईको अध्यक्षतामा भएको सो कार्यक्रममा रेडक्रस मोरङका अध्यक्ष सुवोद सिँह, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष भरत भट्टराई, रक्त सञ्चार केन्द्रकी निर्देशक मनिता राजकर्णिकारलगायतले बोल्नुभएको थियो ।
    उर्लाबारी–४ स्थित आइतबारेमा निर्मित रेडक्रस भवन उद्घाटन गरिएको हो । उर्लाबारी नगरपालिकाको नौलाख रुपैयाँ सहयोग र सात लाख रुपैयाँ चन्दा संकलन गरी करिब १६ लाख रुपैयाँको लागतमा सो भवन निर्माण गरिएको कार्यक्रम संयोजक विजय कार्कीले जानकारी दिनुभयो ।

    अर्को समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…