• प्रमुख प्रतिपक्षी कांग्रेसले प्रा.डा. गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ । सभापति शेरबहादुर देउवाले बिहीबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राजपाका नेताहरूसँग छलफल गरेको कांग्रेस मुख्य सचेतक बालकृष्ण खाणले बताए ।

    सरकारले ल्याएको विधेयकमा चिकित्सा शिक्षा अध्यादेशको आसय नै तोडमोड गरेको र अध्यादेशका बुँदा हुबहु अघि बढाउने विषयमा दुवै पार्टीका नेतासँग देउवाले साथ मागेका छन् ।

    दुर्गमका कमजोर आय भएका पनि डाक्टर र स्वास्थ्यकर्मी बन्न सकून्, मेडिकल क्षेत्र सुधार होस् भन्ने केसीको मागलाई सम्बोधन गर्नु र उनको जीवन रक्षा गर्नु आफूहरूको दायित्व भएको भन्दै देउवाले डा. भट्टराईसँग साथ मागेका थिए ।

    यस विषयमा प्रधानमन्त्रीलाई भेटेरै र टेलिफोन गरी गम्भीर बन्न आग्रह गरे पनि सकारात्मक जवाफ नआएको पनि बताएका थिए । चिकित्सा शिक्षालाई जोगाउन संसद् अवरोध गर्नु आफूहरूको बाध्यता भएको भन्दै देउवाले साथ दिन भट्टराईलाई आग्रह गरेको खाणले बताए ।

    जवाफमा भट्टराईले आफू प्रधानमन्त्री हुँदा पनि केसी अनशन बसेको र उनका माग पूरा गराउने प्रतिबद्धता पूरा गराउने सर्तमा अनशन स्थगित भएको बताएका थिए । उनको माग जायज भएको भन्दै माग पूरा गर्ने र उनको जीवन रक्षाका लागि आफू लाग्ने प्रस्ट्याएको खाणले जानकारी दिए ।

    राजापा नेताको पनि आश्वासन
    सभापति देउवाले बिहीबार नै केसीको माग पूरा गराउने सन्दर्भमा राजपा नेताहरूसँग पनि सहयोग मागेका छन् । अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, नेताहरू शरत्सिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, महेन्द्र राय यादवसहितका नेतासँग देउवाले छलफल गरेका हुन् । केसीका जायज माग र जीवन रक्षाका लागि आफूहरू पनि लाग्ने उनीहरूले बताएको खाणले जानकारी दिए ।

    यसका लागि प्रधानमन्त्री केपी ओलीलाई दबाब दिन तयार रहेको उनीहरूको भनाइ थियो । आफूहरूले वर्तमान सरकारलाई समर्थन गरे पनि केसीको मागका विषयमा सरकारले गर्ने निर्णयपछि आपूmहरू एउटा निर्णयमा पुग्ने राजपा नेताहरूले बताएका थिए ।

     

    अघिल्लो समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…