• विराटनगर, ४ साउन 

    विराटनगर आसपास क्षेत्रमा केही दिनदेखि गर्मी बढ्दै गएको छ ।

    विराटनगर विमानस्थलको कन्ट्रोल रुमका अनुसार बिहीबार दिउँसोको तापक्रम ३७ डिग्री सेल्सियस थियो भने आज ३८ डिग्री सेल्सियस पुगेको छ ।

    गर्मीका कारण सबै उमेर समूहका मानिस प्रभावित बनेका छन् । शीतलताको खोजीमा मानिस रुखको छहारीमा बसेर समय बिताउने गरेका छन् ।

    गर्मीबाट बच्न सर्वसाधारण काँक्रा र चिसो पेय पदार्थ सेवन गर्ने गरेका छन् । सर्वसाधारण घरबाट बाहिर कमैमात्रामा निस्कने गरेका छन् । बजारमा दिउँसो चहलपहल अत्यन्त कम देखिन्छ ।

    पछिल्लो समय पानी नपरेकाले गर्मी ह्वात्तै बढेको स्थानीयवासी इन्द्रप्रसाद दाहालले बताउनुभयो । उहाँले खेती रोप्ने समयमा पानी नपर्नु, हिल्याएको खेत सुक्न थाल्नुले किसान मर्माहत भएका छन् ।

    सुनसरी–मोरङमा लगभग ४८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले निर्माण भएको सुनसरी–मोरङ सिँचाइ आयोजनाबाट वितरण हुने पानीका लागि पनि किसानबीच विवाद हुने गरेको छ । खेत रोप्न तयार छ तर पानी छैन । नहरमा आउने पानीमा धेरै किसानको भाग लाग्ने भएकाले पनि समस्या देखिएको स्थानीयवासी वीरनारायण चौधरीले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…