• इटहरी, ५ साउन 

    मोरङ जिल्लाको बूढीगंगगा गाउँपालिका क्षेत्रका व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकम व्यापक अनियमितता र विषयान्तर गरेर भ्रष्टाचार गरिएको आरोप लगाएका छन् ।

    व्यावसायिक च्याउखेती गर्दै आएका किसानले शुक्रबार पत्रकार सम्मेलन गरी परियोजनाअन्तर्गत किसानको हितमा आएको रकम गाउँपालिकाले दुरुपयोग गरी किसानप्रति उपेक्षित नीति लिएको आरोप लगाए । किसानको हितका लागि निकासा भएर आएको पैसा खास किसानलाई उपलब्ध नगराइएको र विषयान्तर गरेर रकम दुरुपयोग गरिएको तथ्यसमेत फेला परेको भनी गाउँपालिकाविरुद्ध इटहरीस्थिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लिखित उजुरीसमेत दिने तयारी भइरहेको किसान नेपाल च्याउ उद्योगका सञ्चालक सरोज नेपालले बताउनुभयो ।
    च्याउखेती किसानका लागि अनुदानका रुपमा आएको रु १६ लाख २० हजारमध्ये केही रकम च्याउखेती किसानलाई झारा टार्ने हिसाबले उपलब्ध गराएर अधिक रकम अन्यत्र लगाइएको पाइएको अर्का किसान इन्द्र तिम्सिनाले बताउनुभयो ।

    गाउँपालिकाअन्तर्गत रहेका ४० देखि ५० जना व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले दैनिक रु ६० हजारको च्याउ उत्पादन गरेको र दैनिक रु ४० हजारसम्मका च्याउको बीउसमेत बिक्री गर्दै आएका छन् । व्यावसायिक च्याउ किसानले सार्वजनिक गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका विषयमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीसँग बारम्बार मोबाइलमा सम्पर्क गर्दा हुन सकेन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…