• काठमाडौं, साउन ५ । अनसनरत डाक्टर गोविन्द केसीको माग पुरा गर्न आज काठमाण्डौँका माइतीघरमा विशाल प्रर्दशन गरिदै छ । डाक्टर केसी आमणरण अनशन बसेको आज २२ दिन भएको छ ।

    माइतिघरमा आज मध्यान्ह १२ बजे प्राध्यापक, विश्लेषक, पूर्व प्रधानन्यायाधिश, पूर्व उपकुलपति, नेता, लेखक, कलाकार, पेशाकर्मीदेखि सर्वसाधरण जम्मा हुने भएका छन् । डाक्टर केसीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारवादी नेता कृष्ण पहाडी उपस्थित हुने भएका छन् ।

    त्यस्तै खगेन्द्र संग्रौला, डा देवेन्द्रराज पाण्डे, केदारभक्त माथेमा, श्याम श्रेष्ठ, प्राध्यापक सुरेन्द्र लाभ लगायतका व्यक्तित्व तथा सर्वसाधारणहरू सहभागी भई ऐक्यबद्धता जनाउने कार्यक्रम रहेको छ । जुम्लामा अनसन सुरु गरेका डाक्टर केसीलाई गत बिहीबार सरकारले काठमाडौं ल्याएको थियो ।

    त्रिवी शिक्षण अस्पतालमा आइसेकपछि लगातार अनसनरत डा केसीले औषधी समेत लिन नमानेकाले स्वास्थ्य अवस्थामा थप जटिलता बन्दै गएको डाक्टर केसीको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…