• काठमाडौं ।

    १ नम्बर प्रदेश सभा सदस्य रामकुमार राई (पासाङ)ले प्रदेश सरकारले किरात नामको प्रस्ताव नल्याए संशोधन प्रस्ताव पेस गर्ने बताएका छन् ।
    किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको साउन ५ गते काठमाडौं कोटेश्वर स्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा प्रदेश सभा सदस्य राईले सो कुरा बताएका हुन् । प्रदेशका मुख्यमन्त्री शेरधन राईले सभामा किरात नाम टेबल गर्नेमा आफू विस्वास्थ्य रहेको बताउदै यदी किरात नाम प्रस्ताव नभए संशोधन प्रस्ताव पेस गरेर दुई तिहाई पुर्याउन जोड गर्ने बताए । किरात बाहेकको नाम पास हुने अवस्था आए आफू ‘नोट आफ डिसेन्ट’ लेख्ने प्रदेश सांसद राईले बताए । जनताको साथ पाए प्रदेश सभा सदस्य छाडेर आन्दोलनमा आउन पनि तयार रहेको उनको भनाइ थियो । सांसद राई माओवादी केन्द्र र एमाले एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्य तथा खोटाङबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

    मोर्चाको केन्द्रीय अध्यक्ष राजन किराती(बासु)को सभापतित्वमा भएको बैठकमा पार्टी आमन्त्रित स्थायी समिति सदस्य टंक राई, केन्द्रीय सदस्य तथा पार्टी १ नम्बर प्रदेश संयोजक सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य अजम्बर काङ्बाङ्ग, केन्द्रीय सदस्य तथा संघीय सांसाद सुरेसकुमार राई, सुदन किराती, हेमकुमार राई, किराती मोर्चाका पूर्व केन्द्रीय संयोजक दुर्गा राई लगायतले बोलेका थिए ।

    बक्ताहरूले प्रदेशको नाम किरात नभए लामो र निरन्तर संघर्षको तयारी गर्नुपर्ने सुझाव दिएका थिए । नेता टंक राईले पार्टी चुनौती र सम्भावनाको वीचमा रहेको बताए । जनताको काम गर्न सके इतिहासमै बलियो कम्युनिष्ट पार्टी बनेको र काम गर्न नसक्ने हो अनि अवसरमा छिनाझम्टी मात्र भइरहे विघटनको चुनौति पनि उत्तिकै रहेको बताए । ‘नेताहरूमा म नै हुनुपर्ने, स्वास्नी, छोराछोरी, आफन्त नातागोता नै हुनुपर्ने प्रवृति हेर्दा लाग्छ हिजो युद्धको लागि लाम लाग्ने व्यक्तिहरू यीनै हुन त ?’

    एक नम्बर प्रदश किरात नामकरण हुने वातावरण बन्दै जाँदा ४ नम्बरको नाम गण्डकी राखिएपछि माहोल बिग्रना खोजेको ठहर गर्दै किराती मोर्चा पुुन लविङ थाल्ने निर्णय भएको छ । किराती मोर्चाको साथै किरात नामकरण चाहने अन्य संगठनहरूसँग पनि सहकार्य गर्दै अघि बढ्ने निर्णय भएको मोर्चाका महासचिव अर्जुन किरातीले बताए । किरात नामकरण, समानुपातिक, समाबेसी राज्य व्यवस्था, उत्पीडि वर्गीय मुक्तिको विषयमा अन्तर संघर्ष जारी राख्ने निर्णय गर्दै जेठ ३ गते भएको दुई पार्टी एकतालाई स्वागत गर्ने र किरात राई लोकतान्त्रिक संघ लगायतका संगठनहरूसँग छलफल गर्न मोर्चाका अध्यक्ष राजक किरातीको नेतृत्वमा कार्यदल बनेको महासचिव अर्जुन किरातीले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…