•  

    उर्लाबारी । दुबै मृगौला बिग्रिएर जिवन र मरणको दोसाधमा रहनुभएका मोरगं रतुवामाई १० लक्ष्मीचौक निवासी राजेन्द्र मंग्रान्तीले आफ्नो उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । उपचारमा ऋणपान समेत गरि सक्ने खर्च गरि सकेको र अव उपचार गर्न आर्थिक समस्या परेकोले सहयोगको याचना गरेको मंग्रान्तीले पत्रकार भेटघाटमा बताउनुभयो ।

    हाल उहाँको उपचार विराटनगरस्थित गोल्डेन हस्पिटलमा भईरहेको छ । डाईलोलिसको भरमा उहाँ घरमा बसिरहनुभएको छ । उहाँको उपचारमा थुपै्र रकम खर्च भईसकेको छ । मृगौला प्रत्यारोपणका लागि उहाँको श्रीमतीले एउटा मृगौला दिनुहुने भएको छ । तर अब उपचार कहि कतैबाट सहयोग जुट्यो भने मात्र सम्भव छ । उहाँ भन्नुहुन्छ, अब मेरो उपचार हुने कुरा सबै तपाई सहयोगीदाताहरुको हातमा छ, तपाईहरुले सहयोग गरिदिनुभए म बाँच्ने थिए ।
    आफ्नो छोराछोरी सानै रहेकोले उनलाई हुर्काउन पढाउन आफुलाई बचाईदिन सबैमा उहाँले अनुरोध गर्नुभएको छ ।
    पाँच बर्ष अघि मंग्रान्ती विदेश जानुभएको तर उहाँले विदेशमा कमाएको रकम र अन्य सबै जायजेथा उपचारमा सकिसक्नुभएको छ ।
    उहाँलाई सहयोग गर्न चाँहानुहुने महानुभावले उहाँको दाई इन्द्रलाई ९८१७९५७५८४ मा सम्पर्क गर्नसक्नुहुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…