• काठमाडौँ, ७ साउन

    नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्षमा सुदीपराज पन्त चुनिनुभएको छ ।

    आइतबार अमेरिकाको पश्चिमी राज्य वासिङ्टनको सियाटलमा सम्पन्न नेजाको छैटौं अधिवेशनले पन्तलाई आउँदो दुई वर्षका लागि निर्विरोध रुपमा अध्यक्ष चयन गरेको हो । अमेरिकामा रहेका नेपाली पत्रकारको साझा संस्था नेजामा विकासराज न्यौपाने (उपाध्यक्ष), किरण मरहट्ठा (महासचिव), सुरज भण्डारी (सचिव) र मच्छेदेवी गुरुङ (कोषाध्यक्ष) निर्विरोध चयन हुनुभएको छ ।



    त्यसैगरी क्षेत्रीय संयोजकमा पूर्वक्षेत्रबाट कल्पना घिमिरे, डिसी भर्जिनिया मेट्रो क्षेत्रबाट लीलादेवी ओझा, मध्यक्षेत्रबाट रामचन्द्र भट्ट र पश्चिमी क्षेत्रबाट गोकुलप्रसाद ढकाललाई चयन गरिएको नवनिर्वाचित महासचिव मरहट्ठाले जानकारी दिनुभयो । सदस्यमा निदेश अधिकारी, शेरबहादुर केसी र बाबुराम खरेल हुनुहुन्छ ।
    कार्यसमितिको पहिलो बैठकले रिक्त एक सदस्यमा नेजाका पूर्वसचिव अग्निप्रसाद चौलागाईंलाई मनोनयन गर्ने निर्णय गरेको छ । नेजा र नेपाल पत्रकार महासंघबीच सन् २०१३ मा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो पत्रअनुसार नेजा र महासंघको समन्वयमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । सोही समझदारीपत्रअनुसार नेजाले स्थापना गरेको रु दुई लाख २२ हजार २२२ राशिको ग्रामीण पत्रकारिता पुरस्कार यस वर्ष ओखलढुंगास्थित ‘कान्तिपुर’ संवाददाता कुम्भराज राईलाई प्रदान गर्ने निर्णय भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…