• काठमाडौँ, ८ साउन । नेपाली काँग्रेसमा हेटौंडा भेलापछि मत्थर भएको आन्तरिक किचलो र गुटको राजनीति फेरि तीव्र बनेको छ ।

    आफू अबदेखि सच्चिने बताएका सभापति देउवा नसच्चिएपछि र पुरानै स्वेच्छाचारी ढंगले अगाडि बढेपछि देउवालाई काउन्टर दिन वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहका केन्द्रीय सदस्यहरुले गत असार ३२ गते गोप्य भेला बोलाएका थिए ।

    गत असार ५ देखि ८ सम्म भएको जिल्ला सभापतिहरुको भेलामा गुटगत राजनीति गर्न छाडेर समग्र काँग्रेसलाई एक ढिक्का बनाउने नेतृत्वलाई दबाब दिइएको थियो । हेटौंडा भेलापछि सभापति देउवा र वरिष्ठ नेता पौडेल मिलेको चर्चा बाहिर आएको थियो ।

    आगामी भदौमा हुने भनिएको महासमितिको बैठक विधान मस्यौदा समिति गठन नहुँदा पछाडि धकेलिने सम्भावना रहेको छ र देउवाले पनि सकेसम्म महासमिति बैठक टार्ने योजनामा रहेको संस्थापन इतर पक्षले जनाएको छ ।

    यसबाहेक अनुशासन समिति विभाग प्रदेश समिति समेत गठन हुन सकेको छैन । काँग्रेसमा देउवा र पौडेलको आ–आफ्नै स्वार्थले गर्दा पार्टीले लिनुपर्ने गति लिनसकेको छैन ।

    बोहराटारबाट–बालुवाटार सर्ने पौडेलको चाहना र पाँचौ पटक प्रधानमन्त्री बन्ने देउवाको भित्री इच्छाले नेतृत्वका लागि लिगलिगे दौड चलेको काँग्रेसीहरुले बताएका छन् ।

    १४ औं महाधिवेशनमा सभापति बन्न लालयित देखिएका पौडेल र सिटौला समूहको यस्तै व्यवहारले काँग्रेस अघि बढ्न नसक्ने ठहर कार्यकर्ताहरुले गरेका छन् ।

    काँग्रेसमा ‘डेट एक्स्पाएर’ जस्तो बनेका देउवा र पौडेलले आरोप–प्रत्यारोपतिर नलागी गुटगत राजनीतिलाई छाडेर एक भएर अगाडि बढ्नुको विकल्प नरहेको काँग्रेवृत्तमा चर्चा चलेको छ ।

    काँग्रेसमा बेला–बेलामा बल्झिने पुरानो गुटगत राजनीतिलाई छाडेर सिङ्गो पार्टी चलाउन महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काले भूमिका खेल्नुपर्ने जानकारहरुले बताएका छन् ।

    अब काँग्रेस नेतृत्व गुटगत राजनीतिमा मच्चिनेतिरभन्दा सच्चिने तिर लाग्नुपर्ने बताइएको छ । नत्र ‘भीरबाट लड्न लागेको गोरुलाई रामराम’ भन्नुबाहेक काँध थाप्न नसकिने काँग्रेसीहरुले बताएका छन्, नयाँ विमर्शमा उल्लेख छ ।

    देउवा र पौडेलबीचको किचलो मत्थर भन्दा भन्दै चर्किएको चर्चा चुलिउको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…