• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि आक्रामक शैलीमा खनिएका छन्। उनले कांग्रेसलाई संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न सुझाव समेत दिएका छन्।

    नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा मंगलबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कड्किँदै प्रश्न गरे – ‘कांग्रेस संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वोच्चता मानेर अगाडि जान तयार छ कि छैन ?’

    ओलीले भने– ‘संसद्ले कानून बनाउँछ, कांग्रेस मान्न तयार छ कि छैन ? संवैधानिक बाटो चुनावबाट सरकारलाई अपदस्थ गर्न सकिन्छ, म लोकतान्त्रिक विधि र प्रक्रियामा आउन कांग्रेसलाई चुनौती दिन्छु । संघर्षको मैदान हामीले पनि देखेका छौँ । अलोकतान्त्रिक, प्रतिक्रियावादी र जनविरोधी कुनै पनि प्रयास सरकारलाई अस्वीकार्य छ र त्यसलाई नियन्त्रण गरिनेछ ।’

    प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु मिलेको र स्थिर सरकार बनेकामा प्रतिक्रियावादीहरुलाई सही नसक्नुभएको टिप्पणी गरे ।

    प्रमुख प्रतिपक्षमाथि निकै रोश प्रकट गर्दै ओलीले भने– ‘कांग्रेस यति चाँडो वस्त्र उतारेर मैदानमा उत्रिएको छ । हिजो हाम्राविरुद्ध टाउकाको मूल्य तोकेको होइन ? झोलामा टाउको ल्याउनु भनेको वा सर्वस्वसहित जन्मकैद तोकिएका मान्छे शासन गरिरहेका छन्, अनि उनीहरुलाई चित्त बुझ्छ ?’

    ओलीले कांग्रेसले खोजेको लोकतान्त्रिक प्रणाली, मूल्य र मान्यतामा अझै प्रश्न रहेको आरोप लगाउँदै सामन्ती राजतन्त्रमा फर्केर आउन सक्ने विचार पनि कांग्रेसमा रहनु प्रतिगमनकारी विचार भएको र आफूहरु राजतन्त्रको पक्षमा नरहेको प्रष्ट्याए ।

    प्रा डा गोविन्द केसीको अनशन र उनको मागमा कांग्रेस मिसिएको सन्दर्भमा उनले सबैको निःशुल्क स्वास्थ्योपचार र गुणस्तरीय शिक्षाका लागि नेकपाले पहल गर्दै आएको बताउँदै ओलीले सबै समस्याको समाधान संवाद र संसद्बाट टुङ्गिने बताए ।

    ‘सरकारले केसीको उपचार गर्न नपाउने ? उहाँको नाममा अरुको राजनीतिको रोटी सेक्ने, बाटो छेक्ने ? यो हुन सक्दैन’, प्रधानमन्त्रीको भनाई थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…